back
CTIZAN AD

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

वि.सं.२०८३ वैशाख २७ आइतवार

1K 

shares

काठमाडौँ । कवि कलानिधि दाहालको महाकाव्य “महाकवि लक्ष्मीप्रसाद देवकोटा” को लोकार्पण गरिएको छ ।

मुक्तिनाथ दर्शन साहित्य समाज, नेपालद्धारा नेपाल प्रज्ञाप्रतिष्ठान कमलादी काठमाडौंँको लेखनाथ कक्षमा शनिबार आयोजित कार्यक्रममा कवि दाहालको उक्त कृतिको लोकार्पण गरिएको हो ।

दाहाल द्वारा रचना गरिएको महाकाव्य “महाकवि लक्ष्मीप्रसाद देवकोटा” को प्रा.डा. महादेव अवस्थी, प्रा.डा.रामप्रसाद ज्ञवाली, डा.गोपी मैनाली, प्रा.डा. देवी नेपाल, प्रा.पुरुषोत्तम दाहाल, युवराज मैनाली, हरिभक्त सिग्देल, महाकाव्यकार कलानिधि दाहालले संयुक्त लोकार्पण गरेका थिए ।

प्रमुख अतिथि प्रा.डा. महादेव अवस्थीले देवकोटाका बारेमा धेरै कुराहरु उजागर गरेर महाकाव्य आएको बताएका थिए भने प्रा.डा. देवी नेपालले – महाकाव्यमा लेखकको चेतन प्रवाह भएको भन्दै देवकोटालाई साक्षी राखेर लेखेको जस्तो भान परेको बताए । साथै कवित्व मापन गर्ने यो कृति आफैमा विशिष्ट रहेको समेत बताए । अनुष्टुप् छन्द पनि स्वतन्त्र देखिएको कृतिले देवकोटाको पुर्नजन्म गराएको उनले भने ।

प्रा.डा. रामप्रसाद ज्ञवालीले जीवन चेतना, सौन्दर्य चेतना र कलाचेतनाको त्रिवेणीको रुपमा कृति आएको बताए ।

लोकार्पण गरिएको कृतिको बारेमा काव्यकार कलानिधि दाहालले आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा डा.गोपी मैनाली, पुरुषोत्तम दाहाल, युवराज मैनाली, हरि गौतम लगायतले आ-आफ्नो शुभकामना मन्तव्य राखेका थिए ।

लोकार्पण गरिएका कृतिबाट सुशिला शर्मा, कल्पना काफ्ले लगायतले कृतिका केही श्लोकहरु वाचन गरेका थिए ।

कवि तथा अध्यात्म चिन्तक हरिभक्त सिग्देलको सभापतित्वमा सम्पन्न कार्यक्रमको भैरवी भुगोलद्वारा सन्चालन गरिएको थियो ।

वि.सं.२०८३ वैशाख २७ आइतवार ०७:५० मा प्रकाशित

‘चलचित्र उद्योग विश्वस्तरमा पुग्यो’- केपी पाठकले बर्बराउँदै सुनाए सपनाको कथा

‘चलचित्र उद्योग विश्वस्तरमा पुग्यो’- केपी पाठकले बर्बराउँदै सुनाए सपनाको कथा

वरिष्ठ चलचित्र निर्देशक केपी पाठकले चलचित्र क्षेत्रमा औधी तरक्की भएको...

सपनामा फर्किएको मान्छे

सपनामा फर्किएको मान्छे

आज बिहान उठ्दा मन अनौठो रूपमा भारी थियो । राति...

झिल्का कविता

झिल्का कविता

शिवहरि खनाल,धादिङ १) असार सकियो आज साउने संक्रान्ति आयाे हरियाली...

चारु

चारु

मेनुका शर्मा, सिक्किम , भारत मनभरि तिम्रै याद दिलाएको रहेछ,...

सुसेली : गुरु

सुसेली : गुरु

सिजल के.सी, ग्रीनहिल स्कुल, कक्षा ६ प्यारी गुरुमा शिक्षा दीक्षा...

गजल

गजल

बीके मुखिया,दार्जीलिङ हुन्छ यो देहको अन्त भर छैन एकदिन फूलझैँ...