back
CTIZAN AD

झिल्का कविता

वि.सं.२०८३ वैशाख २६ शनिवार

1.3K 

shares

शिवहरि खनाल,धादिङ

१.
सुखकाे आधार शान्ति
शान्तिबाटै आउने हाे
हाम्राे मुहारमा कान्ति ।

२.
नबुझिकन हावामा बाेल्छन्
भाषण गर्छन् हुईहुई
व्यर्थमा अर्काेलाई पाेल्छन् ।

३.
परिश्रम गरेर कमाउनू
बुद्धकाे नाम जपेर
असल मार्ग समाउनू ।

४.
हजुरकाे याद आयाे
आफ्नै कारणले गर्दा
जिन्दगीले दु:ख पायो ।

५.
थाहा छैन तिमीलाई
कतिखेर के हुन्छ
पीर जति हामीलाई ।

६.
डढेलाेले खाएकाे वन
हुन्छ सम्हाल्न गाह्रो
छाती चिरिएको मन ।

७.
दुख्छ छाती पलपल
हरायाे भाेक निन्द्रा
के भएछ आजकल ?

८.
लाएकाे माया छाेडेर
कहाँ गयाैँ तिमी
अन्तै मुटु जाेडेर ।

९.
बनाओैँ असल चरित्र
सम्झाेस् सारा दुनियाँले
इमानदार अनि पवित्र ।

१०.
समयले काेल्टे फेर्‍यो
साथीहरूका दिन फर्किए
मलाई समस्याले घेर्‍यो ।

वि.सं.२०८३ वैशाख २६ शनिवार ०७:०४ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...