काठमाडौं । नेपाली बजारमा आज सुनको भाउमा केही गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोलामा १ सय रुपैयाँले घटेको छ । बिहीवारको बजारमा प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउमा आज १ सय रुपैयाँले घटेर ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज तेजावी सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँ र चाँदी प्रतितोला ११८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
वि.सं.२०७८ मंसिर २४ शुक्रवार १४:२७ मा प्रकाशित





























