काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ९ हजार ४५१ नमुना परीक्षणमा २११ जनामा संक्रमण पुष्टि भएको हो ।
आज थपिएका २११ जनासँगै नेपालमा कोरोनाबाट हालसम्म संक्रमित हुनेको संख्या ९ लाख १८ हजार ९४० पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा ३२९ जना निको भएका छन् । आज निको भएका ३२९ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ८ लाख ५ हजार ९०० पुगेको छ ।
त्यस्तै नेपालमा आज कोरोनाबाट २ जनाको मृत्यु भएको छ । आज थपिएका २ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५४९ पुगेको छ ।
नेपालमा हाल ६ हजार १०५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ५ हजार ८३३ जना रहेका छन् भने २७२ जना संस्थागत आइसोलेशनमा रहेका छन् । साथै देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा १२१ र भेन्टिलेटरमा ३० जनाको उपचार भइरहेको छ ।
खोप लगाउनेको संख्या २ करोड पुग्यो
त्यसैगरी नेपालमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या २ करोड नजिक पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ३ लाख ३७ हजार १७२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएसँगै नेपालमा हालसम्म संख्या १ करोड ९९ लाख ५ हजार ५०१ पुगेको छ । ती मध्ये १ करोड ८ लाख ४६ हजार ९१९ जनाले पहिलो मात्रा र ९० लाख ५८ हजार ५८२ जनाले दुवै मात्राको खोप लगाइसकेका छन् ।
वि.सं.२०७८ मंसिर २३ बिहीवार १६:१२ मा प्रकाशित




























