काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २८० जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १२ हजार १७४ नमुना परीक्षणमा २८० जना नयाँ संक्रमित थपिएका हुन् । मंगलवारको तुलनामा बुधवार कोरोना संक्रमित हुनेको संख्या केही कम हो ।
आज थपिएका २८० जनासँगै नेपालमा कोरोनाबाट हालसम्म संक्रमित हुनेको संख्या ९ लाख १८ हजार ७२९ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा ३३६ जना निको भएका छन् । आज निको भएका ३३६ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ८ लाख ५ हजार ५७१ पुगेको छ ।
त्यस्तै नेपालमा आज कोरोनाबाट २ जनाको मृत्यु भएको छ । आज थपिएका २ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५४७ पुगेको छ ।
हाल नेपालमा ६ हजार २३९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ५ हजार ९१३ जना रहेका छन् भने ३२६ जना संस्थागत आइसोलेशनमा रहेका छन् । साथै देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा १२८ र भेन्टिलेटरमा २९ जनाको उपचार भइरहेको छ ।
त्यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा २ लाख ८३ हजार १३२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोना भाइरस विरुद्धको खोप लगाउनेको संख्या १ करोड ९५ लाख ६८ हजार ३२९ पुगेको छ । ती मध्ये १ करोड ६ लाख ९९ हजार २६२ जनाले पहिलो मात्रा र ८८ लाख ६९ हजार ६७ जनाले दुवै मात्राको खोप लगाइसकेका छन् ।
वि.सं.२०७८ मंसिर २२ बुधवार १७:०३ मा प्रकाशित




























