काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३०४ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ११ हजार ८१० नमुना परीक्षणमा ७६४ जना नयाँ संक्रमित थपिएका हुन् ।
आज थपिएका ३१५ जनासँगै नेपालमा कोरोनाबाट हालसम्म संक्रमित हुनेको संख्या ९ लाख १८ हजार ४४९ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा ३०४ जना निको भएका छन् । आज निको भएका ३०४ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ८ लाख ५ हजार २०५ पुगेको छ ।
त्यस्तै नेपालमा आज कोरोनाबाट २ जनाको मृत्यु भएको छ । आज थपिएका २ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५४५ पुगेको छ ।
हाल नेपालमा ६ हजार ३५२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ६ हजार १३ जना रहेका छन् भने ३३९ जना संस्थागत आइसोलेशनमा रहेका छन् । साथै देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा १२३ र भेन्टिलेटरमा ३० जनाको उपचार भइरहेको छ ।
त्यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा १ लाख २७ हजार ७५३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोना भाइरस विरुद्धको खोप लगाउनेको संख्या १ करोड ९२ लाख ८५ हजार १९७ पुगेको छ । ती मध्ये १ करोड ५ लाख ४ हजार ७६४ जनाले पहिलो मात्रा र ८७ लाख ८० हजार ४३३ जनाले दुवै मात्राको खोप लगाइसकेका छन् ।
वि.सं.२०७८ मंसिर २१ मंगलवार १६:०७ मा प्रकाशित




























