back
CTIZAN AD

पछिल्लो २४ घण्टामा थपिए २६५ कोरोना संक्रमित, २ जनाको मृत्यु

वि.सं.२०७८ मंसिर २० सोमवार

633 

shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २६५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ८ हजार ६१७ नमुना परीक्षणमा २६५ जना नयाँ संक्रमित थपिएका हुन् ।

आज थपिएका २६५ जनासँगै नेपालमा कोरोनाबाट हालसम्म संक्रमित हुनेको संख्या ९ लाख १८ हजार ४४९ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा ३५७ जना निको भएका छन् । आज निको भएका ३५७ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ८ लाख ४ हजार ९०१ पुगेको छ ।

त्यस्तै नेपालमा आज कोरोनाबाट २ जनाको मृत्यु भएको छ । आज थपिएका २ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५४३ पुगेको छ ।

हाल नेपालमा ६ हजार ३८६ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ६ हजार ६२ जना रहेका छन् भने ३२४ जना संस्थागत आइसोलेशनमा रहेका छन् । साथै देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा ११४ र भेन्टिलेटरमा ३२ जनाको उपचार भइरहेको छ ।

त्यसैगरी नेपालमा हालसम्म कोरोनाभाइरस विरुद्धको खोप लगाउनेको संख्या १ करोड ९१ लाख ५७ हजार ४४४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । ती मध्ये १ करोड ४ लाख ३१ हजार ६५९ जनाले पहिलो मात्रा र ८७ लाख २५ हजार ७८५ जनाले दुवै मात्राको खोप लगाइसकेका छन् । नेपालमा पछिल्लो २४ घण्टामा १ लाख ६ हजार ६१० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

निरन्तर घट्दै कोरोना संक्रमित हुनेको संख्या, आज २०५ संक्रमित, ४३६ जना निको

वि.सं.२०७८ मंसिर २० सोमवार १६:०६ मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...