back

पछिल्लो २४ घण्टामा थपिए २६५ कोरोना संक्रमित, २ जनाको मृत्यु

वि.सं.२०७८ मंसिर २० सोमवार

120 

shares
NTC AD
Global IME AD

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २६५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ८ हजार ६१७ नमुना परीक्षणमा २६५ जना नयाँ संक्रमित थपिएका हुन् ।

आज थपिएका २६५ जनासँगै नेपालमा कोरोनाबाट हालसम्म संक्रमित हुनेको संख्या ९ लाख १८ हजार ४४९ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा ३५७ जना निको भएका छन् । आज निको भएका ३५७ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ८ लाख ४ हजार ९०१ पुगेको छ ।

त्यस्तै नेपालमा आज कोरोनाबाट २ जनाको मृत्यु भएको छ । आज थपिएका २ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५४३ पुगेको छ ।

हाल नेपालमा ६ हजार ३८६ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ६ हजार ६२ जना रहेका छन् भने ३२४ जना संस्थागत आइसोलेशनमा रहेका छन् । साथै देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा ११४ र भेन्टिलेटरमा ३२ जनाको उपचार भइरहेको छ ।

त्यसैगरी नेपालमा हालसम्म कोरोनाभाइरस विरुद्धको खोप लगाउनेको संख्या १ करोड ९१ लाख ५७ हजार ४४४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । ती मध्ये १ करोड ४ लाख ३१ हजार ६५९ जनाले पहिलो मात्रा र ८७ लाख २५ हजार ७८५ जनाले दुवै मात्राको खोप लगाइसकेका छन् । नेपालमा पछिल्लो २४ घण्टामा १ लाख ६ हजार ६१० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

निरन्तर घट्दै कोरोना संक्रमित हुनेको संख्या, आज २०५ संक्रमित, ४३६ जना निको

वि.सं.२०७८ मंसिर २० सोमवार १६:०६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण

नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण

काठमाडौँ । नवनियुक्त महालेखापरीक्षक तोयम रायाले आज राष्ट्रपति भवन शीतल...

३.८ प्रतिशतले बढ्यो अष्ट्रेलियाको बेरोजगारी दर

३.८ प्रतिशतले बढ्यो अष्ट्रेलियाको बेरोजगारी दर

क्यानबेरा(अष्ट्रेलिया) । पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर...

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीको दाबी

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीको दाबी

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकिकृत समाजवादीका दीर्घ सोडारीले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी द्विपक्षीय सम्झौता

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी द्विपक्षीय सम्झौता

काठमाडौँ । नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच...

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट महादेवको घर कैलाशको दर्शन

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट महादेवको घर कैलाशको दर्शन

कमलकुमार बस्नेत, काठमाडौँ । दिनको पहिलो प्रहर सुरु भइसकेको थिएन...

नेप्से परिसूचक निरन्तर ओरालोतर्फ, यी हुन् शीर्ष पाँचभित्र पर्न सफल कम्पनी

नेप्से परिसूचक निरन्तर ओरालोतर्फ, यी हुन् शीर्ष पाँचभित्र पर्न सफल कम्पनी

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...