back
CTIZAN AD

कांग्रेसमा अन्तरघातको राजनीति : गुरुराजलाई हराउन उनकै समूहका नेताहरु लागेको पुष्टी

वि.सं.२०७८ मंसिर २० सोमवार

765 

shares

काठमाडौं । नेपाली कांग्रेसको प्रदेश १ को सभापतिमा हारेका गुरुराज घिमिरेलाई आफ्नै समूहबाट अन्तरघात भएको पाइएको छ । घिमिरेलाई आफ्नै समूहका डा. शेखर कोइराला, सुजाता कोइराला र महेश आचार्यसहितका नेताहरुले नै मतदान नगरेको खुलेको हो ।

उनलाई हराउनकै लागि नेताहरु मतदानमै सहभागि थिएनन् ।

घिमिरे संस्थापन–सिटौला समूहका उम्मेदवार उद्धव थापासँग मात्रै २ भोटले पराजित भएका थिए । थापाले ८ सय ४४ मत ल्याउँदा घिमिरेले ८ सय ४२ मत ल्याएका थिए ।

प्रदेश १ मा सभापतिको निर्वाचन हुँदै गर्दा पौडेल समूहले २५० मतले जित्ने हिसाब गरेको थियो ।

मत नहालेको माफी मागे शेखरले

यसैबीच मतदानमा सहभागी नभएका नेता शेखर कोइरालाले माफी मागेका छन् । सामाजिक सञ्जालमार्फत शेखरले केन्द्रीय नेताहरूले भोट हाल्न पाउनेरनपाउनेबारे पहिल्यैदेखि अलमल रहेको र कानुनी परामर्श गर्दा मतदान नगर्नु उपयुक्त हुने सुझाव पाएको बताएका छन् । साथै आफूबाट कमजोरी भएको स्वीकार्दै माफी पनि मागेका छन् ।

शेखरले भनेका छन्,‘कांग्रेसको १४औँ महाधिवेशनमा प्रदेशसम्म केन्द्रीय नेताहरूले मतदान गर्न पाउने/नपाउने विषयमा सुरुदेखि नै संशयु थियो । कानुनी परामर्शबाट मतदान गर्दा भविष्यमा जटिलता आउन सक्ने बुझियो । तसर्थ मतदान नगर्नु उपयुक्त ठानेँ । यसक्रममा मबाट भएको कमजोरीप्रति सचेत रहँदै गल्ती भए क्षमाप्रार्थी छु ।’

वि.सं.२०७८ मंसिर २० सोमवार १६:१८ मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...