back
CTIZAN AD

मोहनविक्रम सिंहको निष्कर्ष : ओलीको नेतृत्वमा फासिष्ट शासनको खतरा बढ्यो

वि.सं.२०७८ मंसिर २० सोमवार

750 

shares

काठमाडौं । मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल)ले देशमा केपी शर्मा ओलीको नेतृत्वमा फासिस्ट शासनको खतरा बढेको निष्कर्ष निकालेको छ । मसालको आइतबार सम्पन्न स्थायी समिति तथा केन्द्रीय समिति बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

मसालले ओली र राजावादीबीच समन्वय हुनसक्ने सम्भावना रहेको पनि औंल्याएको छ । ओलीले प्रतिगमनको दिशा लिँदै गएको र भारतीय पक्षले पनि ओलीलाई समर्थन गरेको निष्कर्ष मसालको छ ।

‘चुनावद्वारा ओलीले दाबी गरे जस्तो एमालेलाई अत्यधिक बहुमत प्राप्त भएमा उनको प्रयत्न संविधानलाई संशोधन गरेर देशलाई प्रतिगमनतिर लैजाने नै हुनेछ, त्यसका साथै उनको व्यक्तिवादी, स्वेच्छाचारी र अधिनायकवादी कार्यशैलीमाथि समग्र रुपले विचार गर्दा उनको नेतृत्वमा देशमा फासिष्ट शासन कायम हुने पनि खतरा छ’, सिंहद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘अहिले देशमा प्रतिगमनको खतरा बढिरहेको, ओलीले प्रतिगमनको दिशा लिँदै गएको र भारतीय साम्राज्यवादले समेत प्रतिगामी शक्तिहरूलाई समर्थन गरेकाले प्रतिगमनको खतरा गम्भीर बनेको कुरा प्रष्ट छ ।’

यस्तो छ मसालको निष्कर्ष

एमालेभित्र लोकतान्त्रिक स्वरुप समाप्त

भर्खेरै एमालेको दशौँ महाधिवेशन सम्पन्न भएको छ । प्रथमतः त्यो महाधिवेशननै होइन र महाधिवेशनको नाममा एउटा प्रहशन मात्र हो । त्यसमा खाली उद्घाटनमा शक्ति प्रदर्शन गर्ने तथा नेतृत्वको निर्वाचन गर्ने काम मात्र गरिएको छ । त्यसमा पार्टीको नीति र कार्यक्रम सम्बन्धी छलफलको ऐजण्डा नै राखिएको थिएन । त्यसैले त्यो कार्यक्रम वास्तवमा महाधिवेशन होइन । त्यसको उद्देश्य ओलीलाई सर्वशक्तिसम्पन्न बनाउनु मात्र हो । एमालेको दशौँ महाधिवेशनद्धारा एमालेभित्र लोकतान्त्रिक स्वरुप सम्पूर्ण रुपले समाप्त त भएको नै छ । र त्यसरी त्यो एउटा एकाधिकारवादी संगठन भएको छ । त्यसले गर्दा त्यसबाट देशमा प्रतिगमन र अधिनायकवाद वा फासिष्ट शासनको खतरा पनि बढेर गएको छ ।

ओलीले बहुमत ल्याएमा फासिष्ट शासन

ओलीको सारा जोड मध्यावधि चुनावमा नै छ । चुनावमा उनले अत्याधिक बहुमत प्राप्त गर्ने दाबी गरेका छन् । चुनावद्वारा उनले दाबी गरे जस्तो एमालेलाई अत्यधिक बहुमत प्राप्त भएमा उनको प्रयत्न संविधानमा संशोधन गरेर देशलाई प्रतिगमनतिर लैजाने नै हुनेछ । त्यसका साथै उनकोव्यक्तिवादी, स्वेच्छाचारी र अधिनायकवादी कार्यशैलीमाथि समग्र रुपले विचार गर्दा उनको नेतृत्वमा देशमा फासिष्ट शासन कायम हुने पनि खतरा छ ।

ओलीद्धारा सम्भावित प्रतिगमन र फासिष्ट शासनको खतरालाई पराजीत गर्नु अहिलेको राष्ट्रिय आवश्यकता भएको छ । पाँच दलीय गठबन्धनले मात्रै त्यो कार्य, अर्थात ओलीलाई चुनावमा पराजित गर्न र, त्यसरी प्रतिगमन र फासिष्ट शासनलाई रोक्न सक्दछ । त्यो उद्देश्य पूरा गर्नकोलागि त्यो बाहेक अन्य कुनै विकल्प छैन । तर अहिले कैयौँ दिशाबाट त्यो गठबन्धनलाई टुटाउन प्रयत्न भइरहेका छन् । यदि त्यस्तो भयो भने त्यसको अर्थ देशलाई प्रतिगमन र फासिष्ट शासनको मुखमा धकेल्नु नै हुनेछ । त्यसैले हामीले आपसका कैयौँ मतभेदका बाबजुत चुनावसम्म अहिले बनेको गठबन्धनलाई निरन्तरता दिनुपर्ने आवश्यकतामा जोड दिन्छौँ ।

ओलीलाई भारतीयको समर्थन

अहिले देशमा प्रतिगमनको खतरा बढिरहेको, ओलीले प्रतिगमनको दिशा लिँदै गएको र भारतीय साम्राज्यवादले समेत प्रतिगामी शक्तिहरूलाई समर्थन गरेकाले प्रतिगमनको खतरा गम्भीर बनेको कुरा प्रष्ट छ । त्यो अवस्थामा उनीहरुले प्रतिगमनका विरुद्धको संघर्षको आवश्यकतालाई अस्वीकार गर्दछन् । त्यसरी उनीहरूको नीतिले प्रतिगमनको नै सेवा गरेको कुरामा कुनै शंका रहन्न ।

उनीहरुको जोड यो कुरामा छ कि संसदीय प्रणाली धेरै नै बदनाम भइसक्यो । त्यही प्रकारले उनीहरुले देशमा विद्यमान गणतन्त्रलाई पनि प्रतिगामी घोषित गरेका छन् । विश्व स्तरमा संसदीय प्रणाली प्रतिगामी भएको र नेपालमा पनि त्यो धेरै नै बदनाम वा असफल भएको कुरा सत्य हो । तर नेपाल जस्तो अझै पनि सामन्ती वा प्रतिगामी खतरा भएको र राजावादीहरूद्धारा गणतन्त्र, बहुदलीय व्यवस्था वा धर्मनिरपेक्षतामाथि हमला बढ्दै गइरहेको अवस्थामा बहुदलीय व्यवस्था वा गणतन्त्रमाथि हमला गर्नु प्रतिगामीहरूको हातमा खेल्नु नै हुनेछ ।

वि.सं.२०७८ मंसिर २० सोमवार १५:४३ मा प्रकाशित

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...