२१ मंसिर, काठमाडौँ । साताको तेस्रो दिन मंगलबार सेयर बजार (नेप्से) ३७ दशमलव १८ अकंले घटेर समग्र परिसूचक २५०८ दशमलव ९० बिन्दुमा पुगेको छ । ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ भने ६ दशमलब ८५ अकंले बढेर ४७४ दशमलब १३ बिन्दुमा पुगेको छ ।
कारोबार रकमको आधारमा प्राइम कमर्सियल बैंक लिमिटेड, महालक्ष्मी विकास बैंक, आईसिएफसी फाइनान्स, अपी पावर, एचआईडिसिएल लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा ग्लोबल आईएमई समुन्नत स्किम १, एचआईडिसिएल, प्राइम कमर्सियल बैंक, अपी पावर, महालक्ष्मी विकास बैंक, नेशनल हाईड्रोपावर लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।
आज सबैभन्दा धेरै कमाउनेमा सिटिजन म्यूचल फण्ड २, लक्ष्मी इक्यूटी फण्ड, एनआईबिएल प्रगति फण्ड, सिटिजन म्यूचल फण्ड १, सिभिल लघुवित्त लगायतका कम्पनीका लगनीकर्ताहरु परेका छन । त्यसैगरी आज सबै भन्दा धेरै गुमाउनेमा भने आईसिएफसी फाइनान्स, कालिका लघुवित्त, सिनर्जी पावर, हिमालयन पावर पार्टनर, रिलायन्स फाइनान्स लगायतका कम्पनीका लगानीकर्ताहरु परेका छन ।
वि.सं.२०७८ मंसिर २१ मंगलवार १५:४६ मा प्रकाशित



























