back
CTIZAN AD

भारतमा रक्षा प्रमुख चढेको हेलिकप्टर दुर्घटना हुँदा ११ जनाको मृत्यु

वि.सं.२०७८ मंसिर २२ बुधवार

702 

shares

दिल्ली । भारतमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।

बुधवार तमिलनाडुको कुन्नुर जंगलमा भारतीय सेनाका उच्च अधिकारी चिफ अप डिफेन्स स्टाफ बिपिन रावतसहित उच्च अधिकारी चढेको Mi-17V5   हेलिकप्टरमा दुर्घटना भइ आगलागी हुँदा ११ जनाको मृत्यु भएको भारतीय संचार माध्यमले जनाएका छन् ।

भारतीय समाचार ऐजेन्सीका अनुसार उक्त हेलिकप्टरमा चिफ अप डिफेन्स स्टाफ बिपिन रावत, उनकी पत्नी मधुलिकासहित १४ यात्रु सवार रहेको र हालसम्म उक्त दुर्घटनामा परेका ११ जनाको शब फेला परेको छ ।

उक्त हेलिकप्टर दुर्घटना हुनासाथ आगो लागेको बताइएको छ । हेलिकप्टरमा सवार मानिसहरुको शब ८५ प्रतिशत जलेको बताइएको छ ।

दुर्घटनामा परेर गम्भीर घाईते भएका रावतलाई वेलिंगटनस्थित सेनाको अस्पतालमा उपचारका लागि लगिएको बताइए पनि उनको अवस्थाको बारेमा भने खुलाइएको छैन । समाचार ऐजेन्सीका अनुसार सेनाको स्रोत तथा पूर्व अधिकारीहरुले भने उनलाई श्रद्धान्जलि दिएका छन् ।

 

वि.सं.२०७८ मंसिर २२ बुधवार १६:१४ मा प्रकाशित

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...