२३ काठमाडौँ । अष्ट्रेलियाका ट्राभिस हेडले र्यासपिड फायर सेन्चुरी प्रहार गर्दै विहीबार गाब्बामा पहिलो एशेज टेष्टको दोस्रो दिन इङ्ल्यान्डको आशालाई चकनाचुर पारेका छन् ।
हेडले ८५ बलमा दुई छक्का र १२ चौका प्रहार गरी १०० रन बनाएका थिए । यो २७ वर्षीय खेलाडीको तेस्रो टेस्ट शतक थियो ।
दोस्रो दिनको खेल सकिदाँसम्म अष्ट्रेलियाले ८४ ओभरमा ७ विकेट गुमाएर ३४३ रन बनाएको छ भने १९६ रनले अग्रता लिएको छ ।
वि.सं.२०७८ मंसिर २३ बिहीवार १५:४२ मा प्रकाशित























