काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सकिएको छ । विधान संशोधन गर्ने तयारी स्वरुप बोलाइएको बैठक महाधिवेशन केन्द्रीत छलफल गर्दै सकिएको हो ।
१४ औं महाधिवेशनको पूर्वसन्ध्यामा बसेको पार्टी बैठकले महामन्त्री शशांक कोइराला, पूर्णबहादुर खड्काको प्रतिवेदन, कोषाध्यक्ष सीतादेवी यादवको आर्थिक प्रतिवेदन र उपसभापति विमलेन्द्र निधिले पेस गरेको नीति अनुसन्धान प्रतिस्ठानको प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।
संस्थापन पक्षले केन्द्रीय कार्य समिति र पदाधिकारीको संख्या थप्ने प्रस्ताव ल्याउन लागेको थियो । तर, पौडेल पक्षले विरोध जनाएअनुसार प्रस्ताव नल्याइ नै बैठक सकिएको हो ।
बैठकलाई वरिष्ठ नेता रामचन्द्र पौडल र नेता प्रकाशमान सिंहले बहिस्कार गरेका थिए । संस्थापन पक्षले ल्याउन लागेका प्रस्तावालाई असफल बनाउन उनीहरुले बहिस्कार गरेका हुन् ।
वि.सं.२०७८ मंसिर २३ बिहीवार १५:३२ मा प्रकाशित




























