back
CTIZAN AD

बुद्धिजीवीहरुको रसुवा सम्मेलन सम्पन्न, यस्तो छ नयाँ कार्यसमिति

वि.सं.२०७८ मंसिर २३ बिहीवार

726 

shares

काठमाडौं । बागमती प्रदेशको रसुवा जिल्लामा बुद्धिजीवीहरुले सम्मेलन सम्पन्न गरेका छन् ।

नेकपा (माओवादी केन्द्र) को एक प्रमुख जनवर्गिय संगठन नेपाल बुद्धिजीवी संगठनमा आवद्ध बुद्धिजीवीहरुले रसुवाको कालिकास्थानमा भव्य सम्मेलन सम्पन्न गरेका छन् ।

संगठनका रसुवा अध्यक्ष जयराम आचार्यको सभापतित्व र दयाराम आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको चौथो सम्मेलनको उद्घाटन सो संगठनका केन्द्रीय सहसंयोजक नीलकण्ठ तिवारीले गरेका थिए ।

सम्मेलन उद्घाटनमा प्रमुखअतिथि समेत रहेका तिवारीले गणतन्त्रमाथि पटक–पटक हमला भइरहेको र प्रतिगमनकारीहरुको गठबन्धन नयाँ ढंगले संगठित भइरहेको अवस्थामा आन्दोलन र पार्टी बलियो बनाउनु नै बुद्धिजीवीको पहिलो कार्यभार रहेको बताएका थिए । उनले पेशागत क्षेत्रमा उच्च बौद्धिक व्यक्तित्वहरुको संगठन भएकाले तथ्यहरुको संकलन, सत्यको उद्घाटन र बेथितिहरुको उजागार गराउन बुद्धिजीवी थप सक्रिय हुने बताएका थिए ।

No description available.

कार्यक्रममा विशिष्ठ अतिथि रहेका संगठनका बागमती प्रदेश इन्चार्ज भीमसेन गौतमले दार्शनिक, सैद्धान्तिक र व्यवहारिकताको कसीमा बुद्धिजीवीहरुको भूमिका बढ्दै गएको बताएका थिए भने अर्का विशिष्ठ अतिथि नेकपा (माओवादी केन्द्र) रसुवाका अध्यक्ष माधव लामिछाने (समीर) ले बुद्धिजीवीहरु प्रष्ट भौतिकवादी विश्लेषण गर्नुपर्ने, सांस्कृतिक रुपान्तरणमा जोडिनुपर्ने तथा सहकारीकरणका श्रृंखलाबद्ध समाजवादका आधार खोज्नुपर्ने बताएका थिए ।

कार्यक्रममा पार्टीका बागमती प्रदेश सदस्य मेघनाथ घिमीरे, जिल्ला नेता रामशरण पौडेल,वाइसीएल नेता गणेश विक, अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष प्रविन घिमीरे सहित यमनाथ आचार्य, अर्जुन देवकोटा लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
संगठनका केन्द्रीय सदस्य तथा निर्वतमान संयोजक जयराम आचार्यका अनुसार सम्मेलनले प्रकाश नेपालको अध्यक्षतामा २५ सदस्यीय जिल्ला समन्वय समिति गठन गरेको छ ।

No description available.

रसुवाका सबैपालिका समेट्ने गरी समावेशी सहभागीता पुर्याउने लक्ष्यसहित घोषणा गरिएको सो समितिको उपाध्यक्षमा संतोषि मगर, छिरिङ्ग लामा, केशव लामिछाने, सचिवमा शुरेस न्यौपाने, सहसचिवमा प्रदीप न्यौपाने, कोषाध्यक्षमा वम्बै तामाङ, सदस्यमा सीता न्यौपाने, मनिषा लामा, मोदनाथ आचार्य, कमल तामाङ, धनराज तामाङ, शैलेस लोप्चन, खिलाराज भट्टराई, संगम मगर, नितेश शर्मा र उज्जवल आचार्य लगायत रहेका छन् ।

वि.सं.२०७८ मंसिर २३ बिहीवार १५:०२ मा प्रकाशित

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...