काठमाडौं । नेपाली कांग्रेसमा एक सभापतिका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
भृकुटी मण्डपमा जारी नेपाली कांग्रेसको चौधौ महाधिबेशनको आज दोस्रो दिन आगामी नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता गरिएको छ ।
नेपाली कांग्रेसको आगामी नेतृत्वका लागि सभापतिमा शेरबहादुर देउवा, प्रकाशमान सिंह, विमलेन्द्र निधी, डा. शेखर कोइराला, युवाराज न्यौपाने र कल्याण गुरुङले उम्मेदवारी दर्ता गराएका छन् ।
यसअघि पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि सभापतिमा आफ्नो उम्मेदवारी दिने दावी गरिरहँदा उनको समूहमै सहमति नहुँदा नेता पौडेलले सभापतिमा आफ्नो उम्मेदवारी दर्ता गराएनन् । तर उनको समूहमा रहेका प्रकाशमान सिंह, डा. शेखर कोइरालाले भने सभापतिमा छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएरै छाडेका छन् ।
को–को छन् त उपभासपतिका ७ उम्मेदवार
त्यसैगरी आगाी नयाँ कार्यकालका लागि नेपाली कांग्रेसको उपभासपति पदमा विजय गच्छदार, सुजाता कोइराला, डा चन्द्र भण्डारी, धनराज गुरुङ, पूर्णबहादुर खड्का, महेश आचार्य र दिव्यश्री साह गरी ७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
२ महामन्त्रीका लागि ६ जनाको उम्मेदवारी
त्यसैगरी २ महामन्त्री पदका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा डा मिनेन्द्र रिजाल, गगन थापा, विश्वप्रकाश शर्मा, प्रकाशशरण महत, राजाराम कार्की र प्रदीप पौडेलसहित ६ जना रहेका छन् ।
८ सहमहामन्त्रीका लागि २० जनाको उम्मेदवारी
त्यसैगरी ८ सहमहामन्त्रीका लागि २० जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन समितिका अनुसार हालसम्म उम्मेदवारी दर्ता गराएकाहरुमा बद्री पाण्डे, भीष्मराज आङ्देम्बे, डीना (महालक्ष्मी) उपाध्याय, उमाकान्त चौधरी, फर्मुल्लाह मन्सुर, मानबहादुर विश्वकर्मा, सुरेन्द्र प्रसाद चौधरी, देवराज चालिसे, रञ्जीत कर्ण, रामकृष्ण यादव, कमला पन्त, तेजुलाल चौधरी, किशोर सिंह राठोर, विकास लामा, जीवन परियार, गंगा सुनार, महेन्द्र यादव,े, जीवन बहादुर शाही, चेतराज बजाल, शेख वकिलले सहमहामन्त्रीमा उम्मेदवारी दर्ता गराएका छन् ।
वि.सं.२०७८ मंसिर २५ शनिवार १८:२२ मा प्रकाशित




























