काठमाडौं । नेपाली काँग्रेसका नेता तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको आगामी नयाँ नेतृत्वको लागि आफ्नो टीमसहित उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाली कांग्रेसको भृकुटी मण्डपमा शुक्रवारदेखि जारी चौधौै महाधिबशनमा आगामी नयाँ नेतृत्वका लागि सभापति लगायतका विभिन्न पदमा आफ्नो उम्मेदवारी दिइएको हो ।
यसैबीच देउवा समूहले पार्टीको उपसभापति, महामन्त्री, सहमहामन्त्री, विभिन्न जातजाति, महिला लगायतका क्षेत्रबाट विभिन्न पदमा मनोनयन दर्ता गराइसकेको छ ।
निर्वाचन समितिका अनुसार देउवा पक्षले उपसभापति पदमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्काको नाम मनोनयन गराएको छ भने महामन्त्रीमा प्रदीप पौडेल र प्रकाशशरण महतमने नाम दर्ता भएको छ ।
त्यस्तै सहमहामन्त्रीमा जनजातिबाट भीष्मराज आङ्देम्बे, दलितबाट मानबहादुर विश्वकर्मा, मधेसीबाट महिन्द्र यादव, खस आर्यबाट किशोर सिंह राठौर, थारुबाट उमाकान्त चौधरी, मुस्लिमबाट फर्मुल्लाह मन्सुर, पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही र महिलाबाट डिना उपाध्यायको नाम देउवा प्यानलमा टुंगो लागेको बताइएको छ ।
वि.सं.२०७८ मंसिर २५ शनिवार १७:४८ मा प्रकाशित




























