back
CTIZAN AD

कांग्रेस महाधिवेशन: पदाधिकारीको मतगणना अपरान्ह्बाट

वि.सं.२०७८ मंसिर २९ बुधवार

663 

shares

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत यही २७ गते भएको भएको निर्वाचनको मत गणना आज अपराह्नबाट सुरु हुने भएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले महाधिवेशनमा भएको निर्वाचनको बाँकी मत गणनाको कार्य आजैबाट प्रारम्भ हुने जनाएको हो ।

निर्वाचन संयोजक गोपालकृष्ण घिमिरेले आज अपरान्ह्बाट मत गणना सुरु गरिने सञ्चारकर्मीलाई जानकारी दिए । उनका अनुसार पदाधिकारीको मतगणना गरिने छ । कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको निर्वाचन भएको थियो । पार्टी सभापतिमा पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नल्याएपछि मङ्गलबार पुनः मतादन भएको थियो ।

दोस्रो चरणमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विजयी भएका थिए । गए राति सभापतिका उम्मेदवारको मतगणना सम्पन्न भएको थियो । निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार सभापतिमा विजयी देउवाले दुई हजार ७३३ मत प्राप्त गरेका थिए । सभापतिका प्रत्यासी डा शेखर कोइरालाले एक हजार ८५५ मत प्राप्त गरेका थिए । दोस्रो चरणको निर्वाचनमा कूल चार हजार ६२३ मत खसेको थियो । जसमध्ये ३५ मत बदर भएको थियो ।

सभापति बाहेकका बाँकी पदाधिकारी र सदस्यको मत गणना सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा हुने निर्वाचन संयोजक घिमिरेले जानकारी दिए । उनले मत गणनालाई सक्दो छिटो सम्पन्न गर्नेगरी व्यवस्थापन गरिने बताए । । उनले भने, “आजै अपराह्नबाट मत गणना सुरु गर्छौँ, पदाधिकारीबाटै मतगणना हुन्छ । हामी अहोरात्र खटेर मतगणना गर्छौँ र छिट्टै गणना सम्पन्न गर्ने गरी व्यवस्थापन गर्छौँ ।”

कांग्रेसको १४औँ महाधिवेशनमा चार हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका थिए । एक सय ३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । मङ्सिर २४ गते भृकुटीमण्डपमा भव्य समारोहकाबीच कांग्रेसको १४औँ महाधिवेशन उद्घाटन भएको थियो । मतदानका लागि राष्ट्रियसभागृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरिएको थियो ।

सभापतिका लागि प्रधानमन्त्री एवं वर्तमान सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यद्वय डा शेखर कोइराला र कल्याणकुमार गुरुङ चुनावी प्रतिस्पर्धामा थिए ।

 

वि.सं.२०७८ मंसिर २९ बुधवार ०६:५१ मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...