back
CTIZAN AD

महानगरका बुद्धिजीवीहरुको भेला सम्पन्न, प्रा.डा ओमकारेश्वर श्रेष्ठ अध्यक्षमा निर्वाचित

वि.सं.२०७८ मंसिर २९ बुधवार

732 

shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका बुद्धिजीवीहरुको सम्मेलनले प्रा.डा. ओमकारेश्वर श्रेष्ठको अध्यक्षतामा नेपाल बुद्धिजीवी संगठनको ५१ सदस्यीय महानगर समिति निर्माण गरेको छ ।

नेपाल बुद्धिजीवी संगठनका केन्द्रीय सहसंयोजक निलकण्ठ तिवारीको प्रमुख आतिथ्यता तथा नेकपा(माओवादी केन्द्र)का युवा नेता अनिल शर्माको विशिष्ठ आतिथ्यतामा सम्पन्न सो सम्मेलनले श्रेष्ठ नेतृत्वको कार्यसमिति निर्माण गरेको हो ।

नेकपा(माओवादी केन्द्र) काठमाडौँ महानगरका पार्टी सचिव टिपी रिजाल, रामशरण सापकोटा तथा संगठनका प्रदेश सचिव भरत गौतमको सहजीकरण र समन्वयमा सम्पन्न सो सम्मेलनको कार्यक्रम संचालन शंकर कालिकोटेले गरेका थिए ।

कार्यक्रममा संगठनका सहसंयोजक निलकण्ठ तिवारीले संगठनको जन्मध्येय, ऐतिहासिकता, विकासक्रम र वर्तमान अभिभाराको बारेमा बोलेका थिए भने माओवादीका वाग्मती प्रदेश सदस्य अनिल शर्माले महानगरभित्रका बुद्धिजीवीहरुको विशिष्ट भूमिका रहने बताएका थिए । कार्यक्रममा महानगरका माओवादी अध्यक्ष रविन्द्र श्रेष्ठ, सन्देश पौडेल लगायतले शुभकामना दिएका थिए ।

महानगरका माओवादी सचिव टिपी रिजालका अनुसार प्रा.डा. ओमकारेश्वर श्रेष्ठको अध्यक्षतामा बनेको उक्त समितिको उपाध्यक्षमा डोरप्रसाद दाहाल, सचिवमा शंकर कालिकोटे, सहसचिवमा कुवेरसिंह कटुवाल, कोषाध्यक्षमा भुपराज भुसाल, सदस्यहरुमा डा. अभिलासा शाह, द्रोणप्रताप केसी, सुरेन्द्रकुमार ओझा, रेशमराज विष्ट, रुद्रबहादुर केसी, भोलामणि राई, हरिबहादुर माझी, कृष्ण महर्जन, रविन्द्रमान श्रेष्ठ, कमल बन्जारा, विर्षबहादुर गुरुङ, रुपाल जोशी, हरिवन्दन बडाल, देवीलाल जोशि, नारायणराज भण्डारी, सुमन मल्ल, शोभा खनाल, केशव पौडेल, मनोजकुमार श्रेष्ठ, सीता लामा, प्रतिमा मानन्धर र विक्रम खड्गी लगायत रहेका थिए ।

नवनिर्वाचित सचिव शंकर कालिकोटेका अनुसार महानगरका सबै वडाको भौगोलिक र समावेशी प्रतिनिधित्व सहित संगठनलाई पूर्णता दिने जनाइएको छ ।

वि.सं.२०७८ मंसिर २९ बुधवार ०८:४० मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...