back
CTIZAN AD

कागजी सवारीचालक अनुमति पत्रको पनि नविकरण सुरु

वि.सं.२०७८ मंसिर २९ बुधवार

654 

shares

चितवन । यातायात व्यवस्था सेवा कार्यालय भरतपुरले बिहीबारदेखि कागजी सवारी चालक अनुमति पत्र नविकरणको काम सुरु गर्ने भएको छ । यही मङ्सिर ८ गतेदेखि स्मार्ट अनुमति पत्रको नविकरण प्रक्रिया सुरु गरेको यस कार्यालयले सबै प्रक्रिया पूरा गरी बिहिबारबाट काम सुरु गर्न लागेको हो ।

कार्यालयका प्रमुख विनोद पौडेलका अनुसार कागजी अनुमति पत्रको नविकरणमा केही समस्या भएका कारण ढिला गरी काम सुरु गरिएको हो । कागजी अनुमति पत्रमा ६० प्रतिशत समस्या आउने भएकाले काम ढिला गरी सुरु गरिएको उनको भनाइ छ । सवारी चालक अनुमति पत्र जारी गर्न केही समय लाग्ने भएकाले अहिले प्रतिलिपि जारी गर्न कठिन भएको उनले जानकारी दिए ।

दैनिक ३० जना हाराहारीले नविकरण गर्ने गरेको जनाउँदै उनले हालसम्म यहाँबाट २०० भन्दा बढी नविकरण फर्म भरेको बताए । चालु आर्थिक वर्षभित्रै सवारीचालक अनुमतिपत्र जारी गर्ने गरी काम भइरहेको उनले जानकारी दिए । सवारी चालक अनुमति पत्र नविकरण गर्न हेटौँडा जानुपर्ने बाध्यता भने हटेको छ ।

 

वि.सं.२०७८ मंसिर २९ बुधवार १६:४५ मा प्रकाशित

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

काठमाडौँ । स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा १०...

अन्तरराष्ट्रिय सम्बन्धमार्फत विकास र लगानी विस्तारमा सरकार केन्द्रित छः परराष्ट्रमन्त्री

अन्तरराष्ट्रिय सम्बन्धमार्फत विकास र लगानी विस्तारमा सरकार केन्द्रित छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको अन्तरराष्ट्रिय सम्बन्धलाई देशको विकास,...