back
CTIZAN AD

नेकपाद्धारा एमसीसी सम्झौता खारेज गर्न अमेरिकी सरकारलाई आग्रह

वि.सं.२०७८ पुस १ बिहीवार

753 

shares

काठमाडौं । विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) ले एमसीसी सम्झौता खारेज गर्न अमेरिकी सरकारसँग आग्रह गरेको छ ।

एमसीसी सम्झौता विरुद्धको मंगलवार भएको आन्दोलनमा सहभागी पार्टीका प्रवक्ता प्रकाण्ड, प्रेम प्रकाश, बैज्ञानिक समाजवादी पार्टीका संयोजक आहुति लगायत विभिन्न राजनीतिक पार्टीका नेता तथा कार्यकर्तालाई गिरफ्तार गरिएकोमा आपत्ति जनाउँदै तत्काल रिहा गर्न माग गर्दै सो आग्रह गरेको हो ।

‘नेपालको सार्वभौमसत्ता र राष्ट्रिय स्वाधीनताविपरीत हुने भएकाले एमसीसी सम्झौता खारेज गर्न अमेरिकी सरकारसँग आग्रह गर्दछ । नेपालका लागि निस्वार्थ सहयोग हो भने विना सम्झौता नेपाललाई हस्तान्तरण गर्न माग गर्दछौं ।’ सो पार्टीद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरी नेकपाले राष्ट्रहितविरुद्ध रहेको एमसीसीलाई संसदमा दर्ता नर्गन संघीय संसदका सभामुख, राजनीतिक नेतृत्व र सम्बद्ध सबै निकायलाई अनुरोध गर्दै सबै राजनीतिक पार्टीमा आवद्ध देशभक्त नेता र व्यवस्थापिका संसद सदस्यहरुलाई आफ्नो स्थानबाट संघर्ष गर्न समेत आग्रह गरेको छ ।

‘राष्ट्रघाती एमसीसीविरुद्धको संघर्ष सम्पूर्ण नेपालीहरुको साझा दायित्व हो । यसको खारेज नभएसम्म यो आन्दोलन निरन्तर अघि बढ्नेछ । त्यसैले राष्ट्रिय स्वाधीनता यो महत्वूर्ण संघर्षमा आ–आफ्नो तहबाट सहभागी हुन नेपालका सबै क्षेत्र र देशबाहिर रहनुभएका सबै नेपालीहरुमा हार्दिक अनुरोध गर्दछौं । साथै कुनै पनि स्थितिमा एमसीसी अघि बढाएको खण्डमा प्रतिरोध संघर्षमा उत्रिन समेत सम्पूर्ण जनसमुदायमा हार्दिक अपिल गर्दछौं ।’सो पार्टीका महासचिव विप्लवद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

No photo description available.

वि.सं.२०७८ पुस १ बिहीवार १०:०७ मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...