back
CTIZAN AD

एनआरएनए सेसेल्सद्धारा शेर्पाको उपचारका लागि आर्थिक सहयोग, थप सहयोगको अपिल

वि.सं.२०७८ पुस १ बिहीवार

1.2K 

shares

गैरआवासीय नेपाली संघ (एनआरएनए) सेसेल्सले घाईते शेर्पाको उपचारका लागि आर्थिक सहयोग गरेका छन् ।

रामेछाप जिल्ला गोकुलगंगा गाउँपालिका १ बालुवा निवासी ४६ वर्षीय शेर्पा रुखबाट लडेर मेरुदण्ड भाचिएपछि उपचारका लागि ट्रमा भर्ना भएका थिए । उनलाई एनआरएनए सेसेल्सले रू दुईलाख लाख ६ हजार १९७ रुपैयाँ सहयोग गरेको हो ।

एनआरएनए सेसेल्सका पंजीकृत सदस्य निरोज प्रकाश गिरी र मोहन थापाले मंगलवार वीर अस्पतालमा बिरामीलाई भेटेर शेर्पाको परिवारलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

दुईबर्ष अगाडि रुखबाट लडेर मेरुदण्ड भाँचिएको र निरन्तर उपचारका क्रममा झन्डै २० लाख सकिदा पनि स्वास्थ्य स्थितिमा सुधार नभएको र अत्यन्त विपन्न परिवारका उनको आफ्नो भएको धन सम्पत्ति खर्च गरिसक्दा पनि उपचार खर्च नपुगेपछि उनलाई देश विदेशबाट आर्थिक सहयोग गर्न थालिएको हो ।

ट्रमा सेन्टरमा उपचारत रहेका उनी अस्पतालको सैथ्याबाट आर्थिक सहयोगको लागि अनुरोध गरिरहेका छन् । शेर्पा परिवार इच्छुक महानुभावहरुबाट सहयोगको अपेक्षा गर्दै सहयोगको अपिल समेत गरेका छन् ।

सहयोग गर्न इच्छुक ब्यक्तिहरूले निम्न फोन नम्बरमा सम्पर्क गरी थप जानकारी लिन समेत परिवारले अनुरोध गरेको छ ।

सम्पर्क नम्बर ++9779866458936, 9843153347,9864200556
खातावालाको नामःema wangyal sherpa
सनराइज बैक, खाता नम्बरः1160672436205001

वि.सं.२०७८ पुस १ बिहीवार १२:४० मा प्रकाशित

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि ४...

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

काठमाडौँ । सरकारले कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि गर्ने घोषणा...