back
CTIZAN AD

चिसो छल्न हुम्लीहरु तराई झर्दै

वि.सं.२०७८ पुस १ बिहीवार

756 

shares

सिमकोट । उच्च हिमाली जिल्ला हुम्लामा चिसो अत्यधिक बढ्न थालेपछि यहाँका नागरिक चिसो छल्न तराई झर्न थालेका छन् ।

हुम्लामा मङ्सिर दोस्रो हप्तादेखि हिमपात भएपछि चिसो अत्यधिक बढेको छ । तापक्रम माइनसमा पुगेपछि यहाँका नागरिक नेपालगञ्ज, सुर्खेत, काठमाडौँलगायत शहरमा जाडो छल्न पुग्ने गर्दछन् । जिल्लामा अत्यधिक चिसो बढेपछि यहाँका नागरिक जिल्ला बाहिरिने गरेका छन् ।

मङ्सिरको मध्यान्नमै हिमपात भएसँगै तापक्रम माइनस डिग्रीमा झरेपछि दैनिक नेपालगञ्ज र काठमाडौँ बाहिरिनेको घुइँचो लाग्ने गरेको सिमकोट विमानस्थल स्रोतले जनाएको छ । दसँैँ अगावैदेखि व्यस्त रहेको एकमात्रै सिमकोट विमानस्थल यतिखेर पनि व्यस्त देखिएको छ ।

चिसो छल्नका लागि बेंसी झर्नेमा विशेष गरेर उत्तरी नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकाका नागरिक छन् । हिउँदका तीन महिना पुस, माघ र फागुनमा उतैतिर न्यानो हुने भएको हुँदा वृद्धवृद्धा जिल्ला बाहिरिन थालेका छन् । त्यस्तै जिल्लाको मध्य क्षेत्र रहेको सर्केगाड, दक्षिण क्षेत्र अदानचुली, ताँजाकोट र चङ्खेली गाउँपालिकाका नागरिक भने गाडीमा बाहिरिने गरेका छन् ।

हुम्ला जिल्लाको सदरमुकाम सिमकोट अझैसम्म पनि सडक सञ्जालले नछोएको हुँदा माथिल्लो भेगका नागरिकलाई सजिलै जिल्ला बाहिर जान समस्या हुने गरेको छ

वि.सं.२०७८ पुस १ बिहीवार १६:५१ मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...