back
CTIZAN AD

नेपालमा आज १८४ जनामा कोरोना संक्रमण, २६७ निको

वि.सं.२०७८ पुस १ बिहीवार

750 

shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा गरिएको ११ हजार १८ नमुना परीक्षणमा १८४ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका १८४ जनासँगै नेपालमा एन्टिजेन र पिसीआर दुवै विधिबाट गरिएको नमुना परीक्षणमा संक्रमित हुनेको संख्या ९ लाख २१ हजार ७३ पुगेको छ ।
त्यसैगरी आज निको भएका २६७ जनासँगै हालसम्म निको हुनेको संख्या ८ लाख ८ हजार ८३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २ कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका २ जनासँगै नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५६७ पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ५,५२६ रहेको छ । ती मध्ये ५ हजार २४७ जना होम आइसोलेशनमा रहेका छन् भने २७९ जना संस्थागत आइसोलेशनमा रहेका छन् । साथै हाल आइसीयुमा १११ र २८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा २ लाख ४० हजार ५६४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

नेपालमा हालसम्म २ करोड १२ लाख ३८ हजार ६२३ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । ती मध्ये १ करोड १७ हजार ७०१ जनाले पहिलो मात्रा र ९४ लाख ६८ हजार ६२६ जनाले दोस्रो मात्रा खोप लगाएका छन् ।

 

वि.सं.२०७८ पुस १ बिहीवार १७:०३ मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...