back
CTIZAN AD

निराश मिनेन्द्र रिजालले भने – सक्रिय राजनीतिमा नरहन पनि सक्छु

वि.सं.२०७८ पुस १ बिहीवार

789 

shares

काठमाडौं । रक्षामन्त्रीको पदबाट राजीनामा दिएका डा.मिनेन्द्र रिजालले सक्रिय राजनीतिबाटै टाढिन सक्ने सम्भावना रहेको बताएका छन् । बिहीबार मन्त्री पदबाट राजीनामा दिएलगत्तै पत्रकार सम्मेलन गरेका उनले सक्रिय राजनीतिबाट टाढिने सम्भावना रहेको बताएका हुन् ।

‘कतै राजनीतिबाट अलग हुने संकेत गर्न खोज्नुभएको त होइन ?’ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले सम्भावना रहेको बताए । सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘मैले त्यस्तो संकेत गरेको होइन । तर, सम्भावना छँदैछैन भन्दिनँ ।’

तथापी रिजालले आफु निष्कर्षमा भने नपुगिसकेको बताएका छन् । उनले राजनीतिबाट टाढिने अवस्था आए सार्वजनिक रुपमै जानकारी दिने पनि बताए ।

कांग्रेस महामन्त्रीको प्रतिस्पर्धामा हार्ने संकेत देखेसँगै रिजालले मन्त्री पदबाट राजीनामाको घोषणा गरेका थिए । उनले आफ्नो राजीनामा प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेका छन् ।

महामन्त्रीका उम्मेदवार बनेका रिजालले ८०९ मत मात्रै पाएका थिए । शेखर कोइराला प्यानलबाट उम्मेदवार बनेका रिजाल हारे पनि उनकै प्यानलका अर्का उम्मेदवार गगन थापाले भने निकै राम्रो लोकप्रिय मतसहित महामन्त्रीमा विजय बनेका छन् ।

वि.सं.२०७८ पुस १ बिहीवार १७:०९ मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...