back
CTIZAN AD

आज यी तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना, जुम्लाको तापक्रम माइनस ५.८

वि.सं.२०७८ पुस २ शुक्रवार

867 

shares

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षा र सुदूरपश्चिम, कर्णाली,गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको संभावना रहेको छ ।

त्यसैगरी राति पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती तथा गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली रहनेछ। देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको संभावना रहेको महाशाखाले जनाएको छ ।
आज जुम्लाको तापक्रम माइनस ५.८
हाल देशैभरी अत्यधिक चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सबैभन्दा चिसो जुम्लामा रहेको छ । आज जुम्लाको तापक्रम माइसन ५.८ मा झरेको छ । आज जुम्लाको अधिकतम् तापक्रम १५.२ रहेको छ ।

त्यसैगरी आज काठमाडौंको न्यूनतम् तापक्रम ३.४ रहेको छ भने अधिकतम् तापक्रम १८.२ रहेको छ भने जनकपुर, विराटनगर, धनकुटा, ताप्लेजुङ,ओखलढ्ंगा, भैरहवा, पोखरा, घोराही नेपालगन्ज, सवराटनगर, धनगढी लगायतका केही जिल्लाको न्यूतम तापक्रम १० डिग्री भन्दा तल झरेको छ ।

देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ ।

Observations2021-12-17 08:45 NPT

Station Maximum Temp.*
(°C)
Minimum Temp.
(°C)
24 hrs Rainfall
(mm)
Dipayal 22.0 4.0 0.0
Dadeldhura 13.7 3.0 0.0
Dhangadi 24.8 8.0 0.0
Birendranagar 21.5 4.8 0.0
Nepalgunj 24.3 8.3 0.0
Jumla 15.2 -5.8 0.0
Ghorahi 22.8 8.0 0.0
Pokhara 21.4 8.4 0.0
Bhairahawa 28.9 9.7 0.0
Simara 26.4 10.0 0.0
Kathmandu 18.2 3.4 0.0
Okhaldhunga 16.0 5.5 0.0
Taplejung 16.4 3.7 0.0
Dhankuta 20.5 8.0 0.0
Biratnagar 25.6 9.0 0.0
Jankapur 26.4 9.6 0.0

वि.सं.२०७८ पुस २ शुक्रवार ०९:४६ मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...