काठमाडौं । नेकपा एमालेले पार्टी पदाधिकारीको कार्य विभाजना तथा जिल्ला प्रदेश र इन्जार्ज समेत तोकेको छ ।
एमालेको यहि मसिर १० देखि १४ सम्म भएको १० औं राष्ट्रिय सम्मेलनबाट चुनिएका नयाँ कार्यसमितिका पदाधिकारीको कार्य विभाजन तथा जिल्ला र प्रदेश इन्जार्ज तोकिएको हो ।
जसमा अध्यक्ष केपी शर्मा ओली पार्टीको समग्र नेतृत्व, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रमुख, नीति अनुसन्धान प्रतिष्ठान, उपाध्यक्षहरु युवराज ज्ञवाली संयोजन, प्रदेश र स्थानीय तह, अष्ट लक्ष्मी शाक्य, संयोजन राजनीतिक समन्वय, राम बहादुर थापा संयोजन, कूटनीतिक सम्बन्ध र राष्ट्रिय सुरक्षा, सुवास चन्द्र नेम्वाङ संयोजन संसदीय मामिला र सुरेन्द्र प्रसाद पाण्डेलाई संयोजन राजकीय मामिलाको जिम्मेवारी दिइएको छ ।
त्यसैगरी महासचिव शंकर पोखरेललाई पार्टीको सांगठिनक कामको संयोजनको जिम्मा दिइएको छ भने उपमहासचिवहरुमा प्रदीप ज्ञवालीलाई स्कुल विभाग प्रमुख, पुथ्वी सुब्बा गुरुङलाई प्रचार तथा प्रकाशन विभाग इन्चार्ज, प्रेस चौतारी नेपाल तथा सम्बद्ध संगठन प्रमुखको जिम्मा दिइएको छ । साथै विष्णु रिमाललाई निर्वाचन विभाग प्रमुख र आर्थिक तथा कोष व्यवस्थापन प्रमुखको जिम्मा दिइएको छ ।
सचिवहरुमा टोप बहादुर रायमाझी भौतिक पूर्वाधार तथा यातायतात व्यवस्था विभाग प्रमुख, लेखराज भट्ट सुदूरपश्चिम इन्चार्ज, गोकर्णराज विष्ट प्रगतिशील तथा पेशागत इन्जिनीयर्स एसोसियनस प्रमुख, योगश भट्टराई स्वास्थ्य तथा जनसंख्या विभाग इन्र्चाज तथा राष्ट्रिय स्वास्थ्यकर्मी संघ तथा सम्बद्ध संगठनहरुको प्रमुख, छविलाल विश्वकर्मा लुम्बिनी प्रदेश इन्चार्ज, रघुविर महासेठ प्रदेश नं २ इन्चार्ज र पद्मा कुमारी अर्याललाई गण्डकी प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ ।
त्यसैगरी स्थायी कमिटी सदस्यहरुमा घनश्याम भुसाल अर्थ योजना विभाग प्रमुख, गुरु प्रसाद बराल शिक्षा विभाग प्रमुख, देवराज घिमीरे इन्चार्ज प्रदेश नं १ लगायतका विभिन्न पदाधिकारीलाई विभिन्न जिम्मेवारी तोकिएको छ ।
यस्तो छ पूर्ण विवरण
वि.सं.२०७८ पुस २ शुक्रवार ०९:२५ मा प्रकाशित






























