काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिबेशन अन्तर्गत भएको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ ।
यसअघि सभापति, उपसभापति र महामन्त्रीको नतिजा आइसकेको अवस्थामा अब सहमहामन्त्रीको नतिजा आउने क्रम जारी छ ।
कांग्रेसको ८ महामन्त्री पदमध्ये अहिलेसम्म तीन सहमहामन्त्रीको नतिजा सार्वजनिक भएको छ । जसमा महिलातर्फबाट महालक्ष्मी उपाध्याय ‘डिना’ले दुई हजार ५३३ मत ल्याएर सहमहामन्त्रीमा विजयी भएकी छन् । उपाध्यायाकी निकटतम प्रतिस्पर्धी कमला पन्तले दुई हजार १०५ मत ल्याएकी छन् ।
यसैगरी दलिततर्फको सहमहामन्त्रीमा दुई हजार २१२ मत ल्याएर जीवन परियार विजयी भएका छन् भने उनका प्रतिस्पर्धी मानबहादुर विश्वकर्माले दुई हजार १७५ र गङ्गा सुनारले २२९ मत प्राप्त गरेका थिए ।
त्यस्तै कांग्रेसको जनजाति क्लस्टरअन्तर्गत सहमहामन्त्रीमा भीष्मराज आङदेम्बे दुई हजार ७११ मतका साथ विजयी भएका छनु् । उनका प्रतिस्पर्धी विकास लामाले एक हजार ९१३ मत प्राप्त गरेका छन् ।
विजयी आङदेम्बे र उपाध्याय संस्थापन पक्ष र परियार डा. शेखर कोइराला समुहका हुन् ।
नेपाली काग्रेसको मंसिर २८ गते (सोमबार) सम्पन्न निर्वाचनको मत परिणाम अनुसार हालसम्म पार्टीको सभापतिमा शेर बहादुर देउवा, उपसभापतिमा धनराज गुरुङ र पूर्ण बहादुर खड्का विजयी भइसकेका छन् भने महामन्त्रीमा गगन थापा र विश्वप्रकाश सर्मा विजयी भएका छन् । निर्वाचनको हालसम्मको मत परिणाम अनुसार महामन्त्री गगन थापाले सर्वाधिक मत ल्याएका थिए ।
महामन्त्रीको प्रतिस्पर्धामा देउवा प्यानल कमजोर, देउवाका दुई उम्मेदवारले पाएको मतभन्दा थापाको मत बढी
वि.सं.२०७८ पुस २ शुक्रवार ०८:३७ मा प्रकाशित






























