back
CTIZAN AD

महामन्त्रीको प्रतिस्पर्धामा देउवा प्यानल कमजोर, देउवाका दुई उम्मेदवारले पाएको मतभन्दा थापाको मत बढी

वि.सं.२०७८ पुस १ बिहीवार

870 

shares

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत महामन्त्री पदका लागि भएको निर्वाचनमा शेखर कोइराला प्यानलका गगन थापा र प्रकाशमान सिंह प्यानलका विश्वप्रकाश शर्मा विजयी भएका छन् ।

महामन्त्रीमा विजयी थापाले निकै राम्रो लोकप्रिय मत पनि प्राप्त गरेका छन् । मतपरिणामअनुसार थापाले कुल मतको झण्डै दुई तिहाइ मत पाएका छन् । उनले ४ हजार ६८२ मतमध्ये ३ हजार २३ मत पाएका छन् । त्यस्तै महामन्त्रीमा विजयी शर्माले १ हजार ९८४ मत पाए ।

देउवा प्यानल कमजोर, निधि विजोग

महामन्त्रीका लागि भएको प्रतिस्पर्धामा थापाको अगाडि देउवा प्यानलका दुवै उम्मेदवार प्रकाशशरण महत र प्रदीप पौडेल निकै कमजोर साबित भए । दुवैले पाएको मतभन्दा पनि थापाले ६४ बढी मत ल्याएर विजयी बने ।

मतपरिणामअनुसार महतले १ हजार ५५० र पौडेलले १ हजार ४०९ मत पाएका छन् । दुवै उम्मेदवार मतगणनाको सुरुदेखि नै महामन्त्रीमा विजयी शर्मासँग मात्रै प्रतिस्पर्धी जस्ता देखिएका छन् । तथापी दुवैले भन्दा शर्माले पनि झण्डै ४ सय बढी मत ल्याएर विजयी भएका छन् ।

यता महामन्त्रीको प्रतिस्पर्धामा विमलेन्द्र निधि प्यानल निकै नै कमजोर सावित भएको छ । उनको प्यानलबाट महामन्त्रीमा उठेका राजाराम कार्कीले निकै नगन्य मत १०७ मत पाएका छन् । जसले निधि प्यानल र उनका उम्मेदवारको अवस्थासमेत चित्रण गर्दछ ।

सम्बन्धित समाचार

कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश निर्वाचित, कसको मत कति ?

वि.सं.२०७८ पुस १ बिहीवार १६:२४ मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...