back
CTIZAN AD

कोरोनाका कारण युएईबाट फर्किएका हमाल अब गाउँमै कृषिबाट कमाउँछन् मासिक २ लाख

वि.सं.२०७८ पुस १ बिहीवार

756 

shares

गलकोट । कोरोना सङ्क्रमणपछि बागलुङको जैमिनी नगरपालिका–१ कुस्मिशेराका गोबिन हमाल युनाइटेड अरब इमिरेटस् (युएई) बाट घर फर्किए । उनी डेढ दशकदेखि युएईमा मजदुरी गर्दै आएका थिए । विदेशबाट फर्केपछि हमाल हाल पशुपालन गर्दै आएका छन् ।

“विदेशबाट फर्केपछि भैँसी फार्म खोल्ने निधोमा पुगे”, हमालले भने । उनलाई नयाँ व्यवसाय गर्ने सोच पलायो । भैँसी फार्म खोलेपछि विदेश बिर्सदै गएको हमालको भनाइ छ । हमालको गोठमा हाल ११ भैँसी, एक गाई, २५ बाख्रा र ५० कुखुरा छन् । हमालले कृषि तथा पशु फार्म दर्ता गरेर भैँसी बाख्रा पाल्दै आएका छन् । उनले तरकारीखेती समेत गर्दै आएका छन् ।

“विदेशमा १५ वर्ष बिताए, कोरोना नभएको भए अझै उतै हुन्थे”, हमालले भने, “अहिले दैनिक ९० लिटर दूध उत्पादन भइरहेको छ, बजारमा आफै लगेर बिक्री गर्छु, विदेशमा भन्दा परिवारसँगै बसेर काम गर्दा निकै आनन्द लाग्यो, अब यही काम गर्छु ।” उहाँले रु एक लाख ७० हजारदेखि रु एक लाखसम्मका भँैसी खरिद गरेर व्यवसाय सुरु गरेका हुन् ।

उनको व्यवसायमा श्रीमती खगी, छोरी विपना र छोरा पवनले सहयोग गर्दै आएका छन् । वार्षिक रु २० हजार भाडामा तीन रोपनी जग्गा लिएर हमालले फार्म स्थापना गरेका हुन् “मलाई दूध पु¥याउनै धौधौ परिरहेको छ” उनले भने, “फर्ममा अब भैँसीको सङ्ख्या बढाउँछु, बिक्री नभएको दूधको घ्यु र दही बनाएर बिक्री गर्ने योजना छ ।” हमालले जैमिनी नगरपालिकाबाट घाँस टुक्रयाउने र पानी तताउने औजार अनुदानमा अनुदानमा पाएका छन् । उनले उत्पादन गरेका खसी बोकासमेत स्थानीय कुश्मिशेरा बजारमा खपत हुने गरेका छन् ।हमालले फार्ममा हालसम्म रु ५० लाख लगानी गरेका छन् । उनले मासिक रु दुई लाख ४० हजार आम्दानी गर्दै आएका छन् ।रासस

file photo

वि.सं.२०७८ पुस १ बिहीवार १६:२४ मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...