२ पुष, काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
बैंकले गत असार मसान्तसम्म कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र १.०५२६ प्रतिशत नगद लाभांश कर सहित गरी कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।
वि.सं.२०७८ पुस २ शुक्रवार १०:५१ मा प्रकाशित


























