काठमाडौं । नेपाली कांग्रेसको थारूतर्फको सहमहामन्त्री पदमा खानेपानी मन्त्री उमाकान्त चौधरी निर्वाचित भएका छन् । पार्टी कार्यालय सानेपामा भएको मतगणनाको मतपरिणामअनुसार शेखर कोइराला पक्षका तेजुलाल चौधरीलाई पराजित गर्दै शेरबहादुर देउवा प्यानलका उमाकान्त सहमहामन्त्रीमा निर्वाचित भएका हुन् ।
विजयी उमाकान्तले २७५६ मत ल्याए भने पराजित भएका तेजुलालले १८७७ मत ल्याए।
विजयी चौधरी कांग्रेस नेता कृष्ण सिटौलाको कोटामा देउवा नेतृत्वको प्यानलबाट सहमहामन्त्रीका उम्मेदवार बनेका थिए। सिटौलाको कोटाबाट पदाधिकारीमा विजयी हुने चौधरी एक्ला उम्मेदवार बनेका छन्।
उनी वर्तमान खानेपानीमन्त्री हुन् ।
वि.सं.२०७८ पुस २ शुक्रवार १७:५४ मा प्रकाशित






























