back
CTIZAN AD

रुसी कूटनीतिज्ञ भन्छन्–मानवीय सङ्कटबाट बच्न् सयौं हजार अफगानीहरू युरोप पलायन हुने

वि.सं.२०७८ पुस २ शुक्रवार

747 

shares

मस्को, रूस । अफगानिस्तानका लागि रुसी राष्ट्रपतिका विशेष प्रतिनिधि जामिर काबुलोभले ठूलो आर्थिक र मानवीय संकट रोक्न नसकिएमा यो हिउदमा सयौं हजार अफगानी जोखिम मोलेर युरोप पलायन हुने सम्भावना बढेको शुक्रबार बताएका छन् ।

रूसी समाचार संस्था स्पुटनिकले काबुलोभको भनाइ उद्धृत गरी लेखेको छ, “पश्चिमाहरू अफगानीहरू देशबाट पलायन भई यूरोप बसाइँ सराइ गर्ने सम्भावनाप्रति चिन्ता व्यक्त गरेका छन् । संयुक्त राष्ट्र संरचनाहरूले समेत पैसा पठाउन नसक्दा सिर्जना हुने परिणामले अफगानिस्तानको दुई करोड तीस लाख जनसङ्ख्याको कम्तीमा दशौं भाग यो जाडोमा युरोप पलायन हुनेछन् ।”

सयौं हजार अफगान परिवारहरूले देश छोड्नुपर्ने स्थितिप्रति विश्व समुदाय मुकदर्शक हुन नहुने भन्दै अफगानिस्तानको रोक्का भएको सम्पत्ती खुला गर्न सम्बन्धित मुलुक र परोपकारी संस्थाहरूले बेलैमा ध्यान दिन जरूरी रहेको कुरामा काबुलोभले जोड दिए ।

रूसी कूटनीतिज्ञ काबुलोभले भने, “संसारले अफगानीहरूलाई मद्दत आवश्यक छ ताकि उनीहरूले गुमाएका सबै सिमा तोड्न, युरोपमा प्रवेश गर्न नसकून ।” एएफपी

 

वि.सं.२०७८ पुस २ शुक्रवार १९:३८ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...