back
CTIZAN AD

अफगानिस्तानको अवस्थाबारे पाकिस्तानले गरायो अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण

वि.सं.२०७८ पुस २ शुक्रवार

741 

shares

इस्लामावाद । पाकिस्तानका विदेशमन्त्रीले अफगानिस्तानको अवस्थाका बारेमा सोच्न विभिन्न विश्व समुदायलाई आग्रह गरेका छन् ।

पाकिस्तानी विदेशमन्त्री साह मोहम्मद कुरेसीले सो आग्रह गरेका हुन् । उनले पाकिस्तानको अवस्था निकै नाजुक रहेकाले यस विषयमा सबैले सोच्नुपर्ने बताएका हुन् । उनले अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन्समा बोल्दै सो धारणा राखेका हुन् । उनले सो ओआइसीको बैठकमा बोल्दै भने– मलाई लाग्छ अफगानिस्तानको अवस्था निकै नै गम्भीर छ, यसमा विश्वका देशहरुले सोच्नुपर्छ ।

उनले अफगानिस्तानमा दुई वर्षदेखिको खडेरीका कारण राम्रो उब्जनी पनि नभएको र यहाँका नागरिकले राम्रोसँग खाना र औषधि समेत नपाएको अवस्था रहेकोतर्फ सबैको ध्यानाकर्षण गराए । यहाँ आर्थिक मन्दी छाएको, यहाँका सरकारी कर्मचारीले तलब समेत नपाएका तथा पछिल्ला समयमा तालिबानहरुको शासनका कारण पनि यहाँका नागरिकका अधिकारहरु खोसिएको उनले बताए ।

यस्तो अवस्थामा विदेशी दाता राष्ट्र तथा निकायहरुले अफगानिस्तानका लागि मानवीय सहायता उपलब्ध गराउनुपर्ने पनि उनले जानकारी दिए । सिन्ह्वा

 

वि.सं.२०७८ पुस २ शुक्रवार १९:४२ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...