back
CTIZAN AD

बेलायतमा कोरोनाबाट अहिले सम्मकै बढी सङ्क्रमित, ओमिक्रोन पनि बढ्दोे

वि.सं.२०७८ पुस २ शुक्रवार

726 

shares

लण्डन । बेलायतमा कोरोना भाइरसको प्रकोप सुरु भए यताकै सबैभन्दा धेरै सङ्क्रमित बढेका छन् ।

यहाँ बिहीबार मात्र ८८ हजार ३७६ जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । यहाँ महामारीको प्रकोप बढेको यो दोस्रो दिन हो । अघिल्लो दिन अर्थात् बुधबार मात्र पनि यहाँ ७८ हजार जनाभन्दा धेरै मानिसमा कोभिड सङ्क्रमणको पुष्टि भएको थियो । कोभिड महामारी सुरु भएयता एकैदिन पुष्टि भएका सङ्क्रमितको यो सर्वाधिक संख्या भएको यहाँका अधिकारीहरुले जनाएका छन् ।

यहाँ केही समययता हरेक दिन कोभिड १९ का सङ्क्रमितहरु बढ्दै गएको देखिएको छ । साथै यहाँ कोभिडको घातक मानिएको ओमिक्रोन पनि बढ्दो देखिएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले ओमिक्रोनको सङ्क्रमण पनि दिन प्रतिदिन बढेको देखिएको बताएका छन् । यहाँ अहिलेसम्म १ हजार ६९१ जनामा ओमिक्रोनको घातक सङ्क्रमण फैलिएको देखिएको पनि अधिकरीहरुले जनाएका छन् ।

बेलायतको सरकारले कोभिड नियन्त्रणका लागि लकडाउन भइरहेका समयमा यसअघि गत जनवरीमा एकैदिनको सबैभन्दा धेरै ६८ हजार सङ्क्रमित पुष्टि भएको जनाएको थियो । त्यसपछि सबैभन्दा बढी यहाँ बिहीबार सङ्क्रमित देखिएका छन् । त्यसपछि सबैभन्दा बढी संक्रमित बुधबार भनिएकामा त्यो भन्दा पनि बढी बिहीबार सङ्क्रमित बढेका हुन् ।

यहाँ अहिलेसम्म एक करोड १० लाखभन्दा बढी सङ्क्रमित पुगेका छन् । त्यसैगरी बेलायतमा यो सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ४६ हजार ९३७ जना पुगेको बताइएको छ । सिन्ह्वा

वि.सं.२०७८ पुस २ शुक्रवार १९:४६ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...