back
CTIZAN AD

सिन्धुलीमा बुद्धिजीवी सम्मेलन, यस्तो छ निर्वाचित समिति

वि.सं.२०७८ पुस ४ आइतवार

927 

shares

काठमाडौं । नेपाल बुद्धिजीवी संगठन सिन्धुली जिल्ला समन्वय समितिको सम्मेलन सम्पन्न भएको छ ।

सन्तोष बोहोराको अध्यक्षता, नेकपा (माओवादी केन्द्र) सिन्धुलीका संयोजक रामकुमार पौडेलको प्रमुख आतिथ्यता, नेपाल बुद्धिजीवी संगठनका कार्यालय सदस्य कृष्ण कोपिला, बाग्मती प्रदेश सचिव भरत गौतम, सम्मेलन आयोजक सदस्य इन्दिरा चौलागाई तथा नेकपा (माओवादी केन्द्र) का प्रदेश सदस्य अशोक पुलामी, मोहनचन्द गौतम र सबिता कोईरालाको बिशिष्ट आतिथ्यता रहेको सो कार्यक्रममा प्रमुख अतिथि तथा अतिथिहरुले सम्मेलन सफलताको शुभकामना दिएका थिए ।

 

दिनेश कोईरालाको सञ्चालन र सन्तोष कुमार श्रेष्ठको स्वागत भाषणमा शुरु भएको सो कार्यक्रममा इन्दिरा चौलागाईबाट सम्मेलन सफलताको शुभकामना व्यक्त भयो भने भरत गौतमले संगठनको संक्षिप्त इतिहासको चर्चा गर्दै माओवादी केन्द्रले लिएको नीति, सिद्धान्त र कार्यक्रम ७५३ वटै स्थानीय तहमा बौद्धिक अभियान पुग्ने बताएका थिए ।

माओवादीका जिल्ला संयोजक रामकुमार पौडेलले पार्टीले कमिकमजोरी गरेमा बुद्धिजीवीहरुले सहि बाटोमा डोयाउन भुमिका खेल्नु पर्ने भन्दै बौद्धिकहरुको संगठनबाट आँखाको काम हुनुपर्ने बताए ।

No description available.

शुक्रराज थिङ, टंक तिमल्सिना र गुजेश्वरीलाल श्रेष्ठ सहितको निर्वाचन समितिले ९ वटै पालिका र समावेशीलाई ध्यान दिंदै ५१ सदस्यीय कार्यसमिति घोषणा गरेको थियो ।

संगठनका कार्यालय सदस्य कृष्ण कोपिलाले नवनिर्वाचित समितिलाइ शपथ खुवाउदै धन्यवाद ज्ञापन गरेका थिए ।

सो संगठनका अनुसार अध्यक्ष जीवनहरी आचार्य, उपाध्यक्षत्रय शुक्र बहादुर माझी, दुर्गा कुमार धिमाल, शिला तिमल्सिना, सचिबमा काजिमान बज्यु सहसचिवमा गिरेन्द्र ठकुरी, कोषाध्यक्षमा दामोदर प्रसाद उप्रेती र सदस्यहरुमा देवी बहादुर बुढाथोकी, धु्रबचन्द्र कार्र्की, तेजु गुर्माछान, दिल कुमार माझी, मन्दिरा अधिकारी काफ्ले, लाल किशोर तामाङ, राजन खड्का, पेशल न्यौपाने, बिष्णुहरि न्यौपाने, शम्भु बहादुर खत्री, दिपक सुनुवार, राजन बास्तोला, जानुका राउत, अर्जुन थापामगर, कृष्ण बहादुर सुनुवार, यम्बर बहादुर खत्री, हरि बहादुर स्याङतान र प्रेम प्रसाद देबकोटा रहेका छन् ।

वि.सं.२०७८ पुस ४ आइतवार १४:०४ मा प्रकाशित

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

काठमाडौँ । विपद्का कारण सिर्जित विषम परिस्थितिमा अत्यावश्यक सामग्रीको ढुवानी...

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले...

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

बनेपा (काभ्रे) । धुलिखेल नगरपालिका–८ पुतली मिजारले ५१ वर्षपछि लालपुर्जा...

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनलाई लिएर विवाद बढिरहेको...

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाबारे...