back
CTIZAN AD

यी हुन् नेपाली कांग्रेसको निर्वाचित ३५ केन्द्रीय सदस्य, थपिए १६ नयाँ अनुहार

वि.सं.२०७८ पुस ५ सोमवार

666 

shares

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिबेशन अन्तर्गत भएको निर्वाचनमा खुलातर्फको २५ केन्द्रीय सदस्यको मत परिणाम आइसकेको छ ।

आइतवार सम्पन्न खुला केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका ९९ उम्मेदवारमध्ये निर्वाचित ३५ सदस्यमा १६ नयाँ अनुहार समेत थपिएका छन् ।

कस्ले कति मत ल्याए त ?
आइतवार बेलुका सम्पन मतगणना अनुसार ३८३६ मत ल्याएर डा. शसांक कोइराला निर्वाचित भएका छन् । उनी नेपाली कांग्रेसको नयाँ नेतृत्वमा सर्वाधिक मत ल्याउने व्यक्ति बनेका छन् ।

त्यस्तै दोस्रोमा एनपी साउद २९३७, तेस्रोमा बालकृष्ण खाँण २८७९ र चौथौ नम्बरमा उदय शमशेर राणाले २८४३ मत ल्याएका छन् ।

त्यस्तै रामहरी खतिवडा २८३२, ज्ञानेन्द्र बहादुर कार्की २८२०, रमेश लेखक २७८०, शंकर भण्डारी २७६८, जिपछिरिङ्ग लामा २७०२ अर्जुननरसिंह केसी २६५०, जितजंग बस्नेत २५५७, गोपालमान श्रेष्ठ २५३८, मोहनबहादुर बस्नेत २४७६, सुनिलबहादुर थापा २४७२, नैनसिंह महर २४६७, दिलेन्द्र प्रसाद बडु २४४१, डा. रामशरण महत २४३४, बलबहादुर केसी २३८८, गोविन्द भट्टराई २३५०, कुन्दनराज काफ्ले २२७९, दीपक गिरी २२६५, सुरेन्द्रराज पाण्डे २२०१,  पदमनारायण चौधरी २०३८, राजिव ढुंगाना १८९६, गुरु बराल १८७०, सञ्जयकुमार गौतम १८६७, गोविन्दराज पोखरेल १८४३ मदनबहादुर आमात्य १८३०, अजय बाबु शिवाकोटी १८११, गणेश लामा–१७८२,. दिनेश कोइराला १७८१, उमेशजंग रायमाझी १७७६ मोहन आचार्य १७५१, डा. गोपाल दहीत १७१० र . कृष्णकिशोर घिमिरेले १७०७ मत प्राप्त गरेर नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

यी हुन् नयाँ अनुहार
त्यसैगरी नेपाली कांग्रस केन्द्रीय सदस्यमा पहिलोपटक १६ जना नयाँ अनुहार निर्वाचित भएका छन् । ३५ केन्द्रीय सदस्यका लागि ९९ जनाले उम्मेदवारी दिएका थिए । जसमा पहिलोपटक केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका १६ उम्मेदवार मध्ये उदय शमशेर राणाले २८४३ मत ल्याएर चौथो नम्बरमा परेका छन् ।

त्यस्तै संविधानसभा सदस्य तथा तरुणदलका पूर्वअध्यक्ष रामहरि खतिवडा पनि केन्द्रीय सदस्यका लागि नयाँ अनुहार बनेका छन् खतिवडाले २८३२ मत ल्याएर पाँचौ नम्बरमा परेका छन् । साथै नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत पनि लोकप्रिय मत (२५५७) ल्याएर विजयी भएका छन् । उनले पनि लोकप्रिय मत ल्याएर ३५ मध्ये १० औं नम्बरमा परेका छन् ।

त्यस्तै नैनसिंह महर २४६७, कुन्दनराज काफ्ले २२७९, गुरु बराल १८७०,राजिव ढुंगाना १८९६, सञ्जयकुमार गौतम १८६७, गोविन्दराज पोखरेल १८४३, मदनबहादुर आमात्य १८३०, दिनेश कोइराला १७८१, अजय बाबु शिवाकोटी १८११, गणेश लामा–१७८२ उमेशजंग रायमाझी १७७६, कृष्णकिशोर घिमिरेले १७०७ र मोहन आचार्यले १७५१ मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसको निर्वाचित ३५ केन्द्रीय सदस्यहरुमा १६ नयाँ अनुहार र १९ पुरानै अनुहार दोहोरिएका हुन् ।

No photo description available.No photo description available.

 

वि.सं.२०७८ पुस ५ सोमवार ०९:०२ मा प्रकाशित

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...