काठमाडौं । एमसीसी खारेज अभियान नेपालले भोली (पुष) ६ गतेको एमसीसी विरोधि आन्दोलनमा व्यापक सहभागीताको लागि अनुरोध गरेको छ ।
अभियानले पुष ६ गते देशव्यापी प्रदर्शन तथा विरोध सभा गर्ने भएकोले नेपालको अहितमा रहेको एमसीसी खारेजका लागि व्यापक जनआवाज उठाउनुपर्ने भन्दै यस्तो अनुरोधर गरेको हो ।
यस्तो छ एमसीसी खारेज अभियान नेपालका संयोजक नारायणशर्माद्धारा गरिएको अपिल
नेपाली वामराजनीतिक र वैचारिक आन्दोलनका अग्रणी अभिभावक आदरणीय व्यक्तित्व स्वनाम साथीको समुपस्थितिमा डेढ दर्जनजती अभियन्ताहरुद्वारा नै सम्भवतः नेपालमा सबैभन्दा पहिला संस्थागत रुपमा: MCC सम्पूर्ण रुपले खारेज गर्नुपर्ने निष्कर्षका साथ “ एमसीसी खारेज अभियान, नेपाल–२०७६“ गठन गरेर एकल वा संयुक्त रुपमा विभिन्न विरोधका कार्यक्रमहरु संचालन गर्दै आइएको सर्वविदितै छ !
यस दौरानमा विभिन्न स्वरुप र संख्याका राजनीतिक शक्ति, संघसंस्था र व्यक्तित्वहरुसँग कार्यगत एकता गरेर विभिन्न समयमा विभिन्न कार्यक्रमहरु गर्ने गरिएको पनि स्पष्ट नै छ । यसक्रममा यसलाई अझ सशक्त, गतिवान, प्रभावकारी र परिणाममुखी बनाउन : MCC खारेज अभियानकै आयोजनामा एमसीसी विरोधी सम्पूर्ण राजनीतिक दल, मोर्चा, संघसंस्था, संगठन र अभियानहरुसमेत ६ दर्जनजतिको प्रत्यक्ष संस्थागत र व्यक्तिगत सहभागीता र दूरदराजमा रहेका तीन दर्जनजति संघसंस्थाहरुको अप्रत्यक्ष सहभागिता रहेको बृहत् भेला गरियो । सो बृहत् भेलाबाट एमसीसी खारेजीका लागि संयुक्त संघर्ष समिती“ निर्माण पनि गरियो !
यसैबीच कतिपय पार्टी र तिनका नेताहरुलाई यसप्रकारको संयुक्त मोर्चा वा संघर्ष समिती बनाएर जाने शिक्षा–चेत प्राप्त भयो र पुनः उहाँहरुको पहलमा हाम्रो हामी धेरै संघसंस्था र शक्तिहरुको सहभागितामा “ एमसीसी सम्झौता खारेजी आन्दोलन“ नामक अर्को मोर्चा गठन भयो र फातिमा सुमारको विरुद्ध प्रदर्शन लगायतका केही कार्यक्रमहरु गर्दै जानेक्रममा २६ दल–संगठन–संस्थाहरुको आयोजनामा गत मंसिर २४ गते माइतीघर मण्डलादेखि वानेश्वर संसदभवनसम्म शानदार विरोध प्रदर्शन र कोणसभा सम्पन्न भएको ताजै छ । तर उक्त २६ दलीय मोर्चामा केही राजापरस्त शक्तिहरु भएको भन्दै उनीहरुसँग एकताबद्ध भएर संघर्ष गर्न नसकिने भनी केही गिनेचुनेका दुई–तीन घटकले असहमति जनाएपछी ६ राजनीतिक दल र ती दल मध्येकै दुई दलका संघर्षका २ मोर्चा गरी जम्मा ८ दल–मोर्चाको साउती र बैठकबाट गत २७ र २८ गतेका कार्यक्रमहरु आयोजना गरिए ! हामीले ती दुवै दिनका कार्यक्रमहरुमा निशर्त समर्थन, सहयोग र सहभागीता जनायौं ! साथै ८ वटा शक्तिले मात्र आयोजना गर्ने र अरु शक्तिहरुबाट सहयोग र सहभागीताको लागि अपेक्षा मात्र गर्ने भन्दा मोर्चालाई ८ दलीयमा सिमित राख्नुभन्दा निश्चित मापदण्डको आधारमा विस्तार, सुदृढ र सशक्त पारौं र आन्दोलनलाई संयुक्त जनआन्दोलनको स्वरुप दिंदै यसलाई निर्णायक बनाऔं भनी अनुनय–विनय गर्ने, सर–सल्लाह र सुझाव–दवाव समेत दिने काम गरियो । तर पनि हाम्रो आवाज सुनिएको छैन तथापि एमसीसीको मुद्धा राष्ट्रियतासँग जोडिएको मुद्दा हुनाले यसमा संकीर्णता र अहंकार हुनुहुँदैन भन्दै हामीले सबै विचार र आस्थाका राजनीतिक शक्ति–व्यक्ति, मंच–मोर्चा, संघ–संस्था र अभियान–प्रतिष्ठानहरुलाई सहभागी गराउन र हुनको लागि सम्बन्धित पक्षहरुसँग फेरि पनि सार्वजनिक र औपचारिक रुपमै संस्थागत अनुरोध पनि गर्दछौं । र, हाललाई फेरि अर्को एकपटक ६+२ शक्तिद्वारा राखिएको “पौष ६ गते काठमाडौं लगायत देसव्यापी रुपमा विरोध प्रदर्शन र विरोध सभा गर्ने“
कार्यक्रममा हाम्रो समर्थन, सहयोग र सहभागिता रहने कुराको पनि सम्बन्धित सबै पक्ष र अभियन्ताहरुलाई जानकारी गराउन चाहन्छौं ।
तत्पश्चात् पनि यो मोर्चामा हामी लगायत देशका MCC विरुद्धमा एकताबद्ध भएर संघर्ष गर्न चाहने सम्पूर्ण राजनीतिक शक्ति, मंच र मोर्चा; सामाजिक, आर्थिक र साहित्यिक–साँस्कृतिक संघ, संस्था र संगठन : MCC विरोधी अभियान–प्रतिष्ठान र समिति–आन्दोलन आदि सबैको एउटै बृहत्, व्यापक, सशक्त र निर्णायक संयुक्त मोर्चा बनाएर राष्ट्रघाती MCC सम्झौतालाई खारेज गराउनुपर्ने आवस्यकता रहेको स्मरण गर्न–गराउन समेत हार्दिक अपिल गर्दछौं !
नारायण शर्मा
संयोजक
एमसीसी खारेज अभियान, नेपाल ।
मिति : २०७८-०९-०५
वि.सं.२०७८ पुस ५ सोमवार १०:११ मा प्रकाशित




























