back
CTIZAN AD

नेकपा माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा हर्क बहादुर नेम्वाङ विजयी, अन्य को-को चुनिए त ?

वि.सं.२०७८ पुस ८ बिहीवार

963 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) प्रदेश १ को अधिबेशनले पार्टीको प्रदेश अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो)लाई निर्वाचित गरेको छ ।

प्रदेश १ को नयाँ नेतृत्व चयनका लागि बुधबार बेलुका सम्पन्न मतदान पछि गरिएको मतगणना अनुसार नेम्वाङले १६९ मत ल्याएर प्रदेश अध्यक्षमा विजयी भएका हुन् । नेम्वाङका प्रतिस्पर्धी मुक्साहाङ मेयाङ्वो ‘मुकेश’ ले ६४ मत प्राप्त गरेका थिए ।

त्यसैगरी पार्टीको उपाध्यक्षमा देवान चाम्लिङ (१२०) शिवकुमार डाँगी (११३) र मणिकुमार साम्पाङले (१११) मत प्राप्त गरी विजयी भएका छन् भने सचिवमा गणेश उप्रेती ‘शुसील’ १४८ मत ल्याएर विजयी भएका छन् भने तीन सहसचिवमा कुमारी राई (११४), ऋषिराम ढुंगाना (९८) र सागर किराती (७३) मतसहित विजयी भएका छन् । साथै कोषाध्यक्षमा रेवतराज पुरी (गगन) ले ९३ मत प्राप्त गरेर कोषाध्यक्षमा विजयी भएका छन् ।

May be an image of 15 people, people sitting and people standing

नेकपा माओवादी केन्द्रको यहि मंसिर २५ र २६ गते भएको सम्मेलनमा पाँचवटा प्रदेशमा सहमतिबाट नेतृत्व चयन गरिएको थियो भने बागमती र प्रदेश १ मा भने नेतृत्वका आकांक्षी धेरै भएपछि निर्वाचनमै जानु परेको थियो ।

प्रदेश सदस्यमा सहमित भएपनि नौ पदाधिकारीका लागि भएको उक्त निर्वाचनमा २५९ मतदाता रहेका थिए । जसमा २४० जनाले मात्र मतदान गरेका थिए भने बाँकी १९ मा केही मत बदर र केही उनुपस्थित रहेको निर्वाचन समितिले जनाएको छ ।

 

वि.सं.२०७८ पुस ८ बिहीवार ०८:४२ मा प्रकाशित

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

गोपालप्रसाद बराल, महोत्तरी । केही दशक पहिलेसम्म महोत्तरीका बस्तीबस्तीका किसान...

आजको मौसम पूर्वानुमान : कतै वर्षा कतै तातो हावा

आजको मौसम पूर्वानुमान : कतै वर्षा कतै तातो हावा

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा...

पालिकाले दियो तीन सय बढी किसानलाई हातेट्याक्टर

पालिकाले दियो तीन सय बढी किसानलाई हातेट्याक्टर

भोजपुर । पौवादुङमा गाउँपालिकाले कृषिमा यान्त्रिकीकरण प्रवद्र्धन गर्ने लक्ष्यसहित तीन...

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइदैं

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइदैं

काठमाडौँ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल...

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...