back
CTIZAN AD

‘किशोरीहरू जागेपछि हिंसाका घटना बाहिर आए’

वि.सं.२०७८ पुस ८ बिहीवार

567 

shares

बाँके । किशोरीहरू जागृत भएपछि जिल्लामा महिला हिंसाका घटना सार्वजनिक हुन थालेको छ ।
बर्दियाको गुलरियामा आयोजित जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रणसञ्जाल समितिको बैठकमा यस्तो तथ्य सार्वजनिक गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक ईश्वर कार्कीले किशोरीहरू जागेकाले आफ्नो अधिकारका लागि धेरै घटना बाहिर आएको बताए ।

पहिलेका किशोरी हेपिएर बसेकाले हिंसाका घटनामा आवाज उठाउन सक्दैन थिए तर अहिले सबै सशक्त भएर उजुरी गर्न थालेकाले यस्ता घटना सार्वजनिक हुन थालेको उनको भनाइ थियो ।साथी संस्थाको आयोजनामा भएको उक्त बैठकमा प्रहरी उपरीक्षक कार्कीले तीन वर्षको लैििङ्गक हिंसाका घटनाको तथ्याङ्क प्रस्तुत गरेक थिए । प्रहरी उपरीक्षक कार्कील भने, “आव २०७५/७६ मा १३९, २०७६/७७ मा ११९, २०७७/७८ मा १०६ महिला हिंसाका घटना भएको थियो । ”

नेपाल प्रहरी निरन्तर लागिरहँदा पनि यस्ता घटना न्यूनीकरण हुन नसकेको बताउँदै उनले सम्पूर्ण सरोकार निकायबाट समन्वय, सहकार्य हुनुपर्नेमा जोड दिए ।आयोजक संस्थाका कार्यक्रम अधिकृत कुलराज दहितले घरेलु हिंसामा परेकामध्ये ३४ जनालाई उद्धार गरिएकोे बताए ।

 

वि.सं.२०७८ पुस ८ बिहीवार १६:११ मा प्रकाशित

तरकारीले पाएन मूल्य

तरकारीले पाएन मूल्य

चितवन । जिल्लामा व्यावसायिक रुपमा उत्पादित तरकारीले उचित मूल्य नपाउँदा...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...

 सात वर्षीय बालकले राखे कीर्तिमान

 सात वर्षीय बालकले राखे कीर्तिमान

पोखरा । ‘हिमालले उमेर सोध्दैन, केवल साहस र दृढ इच्छाशक्ति...

पानी छ, किसानको चैतेधान खेतीतर्फ छैन आकर्षण

पानी छ, किसानको चैतेधान खेतीतर्फ छैन आकर्षण

राँझा (बाँके) । सिक्टा सिँचाइ आयोजनाले सिँचाइका लागि नहरमा पर्याप्त...

बँदेलको आक्रमणबाट मृत्यु

बँदेलको आक्रमणबाट मृत्यु

बरहथवा (सर्लाही) । जङ्गली बँदेलको आक्रमणबाट सर्लाहीको लालबन्दीमा एक पुरुषको...