back
CTIZAN AD

देउवा पनि एमसीसी संशोधनको पक्षमा, ढुक्क प्रचण्ड भन्छन् – एमसीसीले गठबन्धन टुट्दैन

वि.सं.२०७८ पुस ८ बिहीवार

510 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहयोग परियोजना एमसीसी संशोधन नगरी अगाडि नबढ्ने प्रष्ट पारेका छन् । नेपाल न्यूज एजेन्सीसँगको कुराकानीमा प्रचण्डले सम्झौता संशोधनका लागि गठबन्धनका सबै दलहरु सहमत देखिएको बताए ।

प्रचण्डका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा पनि एमसीसी संशोधनका पक्षमा देखिएका छन् । देउवा पनि गठबन्धनलाई अप्ठ्यारो पार्ने गरि एमसीसीलाई अगाडि बढाउने पक्षमा नरहेको उनको भनाई छ ।

‘एमसीसीबारे अध्ययन गर्न गठबन्धनले कार्यदल बनाएको छ, गठबन्धनको कार्यदलले यसलाई अध्ययन गर्दैछ, प्रधानमन्त्रीले पनि यसमा सुधारको खाँचो औंल्याउनु भएको छ’, प्रचण्डले भनेका छन्, ‘अप्ठ्यारो नै परे पनि एमसीसीकै कारणले गठबन्धन टुट्छ भन्ने मलाई लागेको छैन्, त्यत्ति कारणले टुट्दैन र टुट्न पनि दिँइदैन, प्रधानमन्त्री जी पनि एमसीसीको कारण वातावरण बिगार्न नहुने पक्षमा हुनुहुन्छ ।’

‘प्रधानमन्त्रीले पनि यसमा सुधारको खाँचो औंल्याउनु भएको छ’, प्रचण्डले भनेका छन्, ‘अप्ठ्यारो नै परे पनि एमसीसीकै कारणले गठबन्धन टुट्छ भन्ने मलाई लागेको छैन्, त्यत्ति कारणले टुट्दैन र टुट्न पनि दिँइदैन ।’

प्रचण्डले एमसीसीमाथि देखिएको विवाद ओरिजिनल सहमति हराएपछि भएको बताए । ओरिजिनल सहमति पत्रमा संसदमा लैजाने र अनुमोदन गर्ने विषय नभएको बताए । जसका प्रावधान सामान्य भएको पनि उनको भनाई छ । प्रचण्डले ओरिजिनल सहमति पत्रबारे स्पष्ट नपारिएसम्म अगाडि बढ्न नसक्ने संकेत गरे ।

‘पहिलो कुरा त, यो ओरिजिनल सहमतिमा यो संसदमा लगेर अनुमोदन गर्ने थिएन, यो बीचमा कहाँबाट आयो ? किन आयो ? त्यहाँबाट सुरु भयो यो विवाद’, प्रचण्डले भनेका छन्, ‘ओरिजिनल सहमतिबाट अर्को सहमतिमा किन लगियो भन्ने कुराको स्पष्ट पार्नुपर्यो । अनि जुन–जुन प्रावधानले हामीलाई अप्ठ्यारो पार्ने छ त्यसलाई सच्याइनु पर्यो । त्यसलाई स्पष्ट पारिनुपर्यो । जरुरी पर्दा संशोधन गर्नु पनि पर्यो ।’

एमसीसीबारे प्रचण्डकाे भनाइ जस्ताकाे तस्तै

विदेशी सहायता वा अनुदानलाई हामी अस्वीकार गर्ने ठाउँमा हामी छैनौं । हामी स्वीकार गर्दै, लिँदै आएका छौँ । अझ अनुदानको रुपमा भौतिक निर्माणका लागि आउने सहयोगलाई त हामीले खुसीसाथ स्वीकार्नै पर्छ, स्वीकार गर्दर्छौं पनि । तर, एमसीसी प्रोजेक्टको सन्दर्भमा केही प्रश्नहरु उठे र अलि गम्भीर ढंगले उठे । पहिलो कुरा त, यो ओरिजिनल सहमतिमा यो संसदमा लगेर अनुमोदन गर्ने थिएन । यो बीचमा कहाँबाट आयो ? किन आयो ? त्यहाँबाट सुरु भयो यो विवाद । अमेरिकाको ग्लोलबल रणनीतिसँग जोडेर एमसीसीबारे प्रचार भयो । र, त्यसले पनि नयाँ बहसलाई जन्म दियो । जनतामा यो राष्ट्रको हितमा छैन भन्ने बुझाई छ ।

ओरिजिनल सहमतिबाट अर्को सहमतिमा किन लगियो भन्ने कुराको स्पष्ट पार्नुपर्यो । अनि जुन–जुन प्रावधानले हामीलाई अप्ठ्यारो पार्ने छ त्यसलाई सच्याइनु पर्यो । त्यसलाई स्पष्ट पारिनुपर्यो । जरुरी पर्दा संशोधन गर्नु पनि पर्यो । एमसीसीको विषय गम्भीर र संवेदनशील भएको कारण राजनीतिक दलहरुका बीचमा अधिकतम समझदारी र राष्ट्रिय रुपमा पनि राय लिएर यसलाई अगाडि बढाउन सकिन्छ । जबरजस्ती गरियो भने यसले अप्ठ्यारो स्थिति बन्छ ।

गठबन्धनको कार्यदलले यसलाई अध्ययन गर्दैछ । प्रधानमन्त्रीले पनि यसमा सुधारको खाँचो औंल्याउनु भएको छ । अप्ठ्यारो नै परे पनि एमसीसीकै कारणले गठबन्धन टुट्छ भन्ने मलाई लागेको छैन् । त्यत्ति कारणले टुट्दैन र टुट्न पनि दिँइदैन ।

वि.सं.२०७८ पुस ८ बिहीवार १६:०१ मा प्रकाशित

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

काठमाडौँ । साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...

सुधारिँदै काठमाडौँको वायु गुणस्तर

सुधारिँदै काठमाडौँको वायु गुणस्तर

काठमाडौँ । गत साता तीव्र रूपमा वृद्धि हुन थालेको काठमाडौँ...

बस्ती हटाइएका स्थानमा संरक्षणको काम थाल्न निर्देशन

बस्ती हटाइएका स्थानमा संरक्षणको काम थाल्न निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सुकुम्बासी बस्ती...

भानु चुँदीरम्घालाई भाषा र साहित्यको गन्तव्यस्थल बनाउनुपर्छः राष्ट्रपति

भानु चुँदीरम्घालाई भाषा र साहित्यको गन्तव्यस्थल बनाउनुपर्छः राष्ट्रपति

दमौली (तनहुँ) । राष्ट्रपति रामचन्द्र पौडेलले भानु चुँदीरम्घालाई भाषा र...

संसदीय दलको नेता आङ्देम्बेलाई बनाउने कांग्रेसको निर्णय

संसदीय दलको नेता आङ्देम्बेलाई बनाउने कांग्रेसको निर्णय

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भीष्मराज आङ्देम्बेलाई...