back
CTIZAN AD

माओवादीमा देखिएन प्रचण्डको विकल्प, तर पदाधिकारीमा भने पेचिलो लडाईँ हुने निश्चित

वि.सं.२०७८ पुस ९ शुक्रवार

627 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) यतिबेला राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको छ । सम्मेलनको तयारीसँगै माओवादीमा मुख्यतः नेतृत्वका लागि हानथाप नै देखिन थालेको छ । जुन तल्लो तहका अधिवेशनहरुले समेत स्पष्ट पारेका छन् ।

राष्ट्रिय सम्मेलनबाट माओवादी केन्द्रले अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवसहित २९९ सदस्यीय केन्द्रीय समिति  चयन गर्ने तयारी गरेको छ । माओवादीले विधान संशोधन गर्दै १५ सदस्यीय पदाधिकारी बनाउने तयारी गरेको छ ।

शान्ति प्रक्रियामा आएयता कहिले बहुमत त कहिले अध्यक्षतात्मक प्रणालीमा सञ्चालन भएको माओवादी केन्द्र राष्ट्रिय सम्मेलनसँगै भने बहुपदमा जाने तयारीमा छ । बहुपदको प्रणाली ल्याउन खोजिएसँगै माओवादीमा पदाधिकारीको महत्व पनि बढेको हो ।

अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’को विकल्प नखोजिएको भएपनि अन्य पदाधिकारीमा भने निकै हानथाप नै देखिन थालेको छ । पदाधिकारीमा आकांक्षी धेरै भएकाले व्यवस्थापनमा हम्मेहम्मे पर्ने निश्चित छ। पार्टीभित्र चुनावको साटो सहमतिको माध्यमबाटै पदाधिकारी चयनमा जोडबल रहने अवस्था रहेकाले सहजै सूची टुंग्याउन सकस रहेको हो ।

मुख्यतः महासचिव र उपाध्यक्षकाे टुंगाे लगाउन सकस

माओवादीको पदाधिकारीमा पनि महासचिवमा समीकरण मिलाउन सकस छ । महासचिवमा जनार्दन शर्मा, वर्षमान पुन र कृष्णबहादुर महराको दावी छ । यस्तै महिलातर्फबाट पम्फा भुसाल पनि यो दौडमा छिन् । यस्तै उपाध्यक्षमा को हुने र शीर्ष नेता नारायणकाजी श्रेष्ठलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय पनि उत्तिकै पेचिलो छ ।

कोषाध्यक्ष भइसकेका हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल, शशि श्रेष्ठ, मातृका यादव, शक्ति बस्नेत, महेन्द्र बहादुर शाहीलगायतका नेताहरुको पनि पदाधिकारीमा आकांक्षा छ । उनीहरुले पदाधिकारीका विभिन्न पदमा आकांक्षा देखाएपनि समीकरण र वरियता अनुसारको जिम्मेवारी पाउने नेताहरुको भनाइ छ ।

वि.सं.२०७८ पुस ९ शुक्रवार १४:१७ मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...