back
CTIZAN AD

देउवाले कसलाई देलान् प्रवक्ता र कोषाध्यक्षको जिम्मेवारी ? चर्चामा छन् यी नाम

वि.सं.२०७८ पुस ९ शुक्रवार

651 

shares

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट सभापतिसहित १३ पदाधिकारी र १२१ केन्द्रीय सदस्य चयन भएका छन्। निर्वाचनबाट चयन भएका बाहेक विधानअनुसार अब ३३ जना केन्द्रीय सदस्य मनोनित हुनेछ ।

अहिले चर्चा विधानअनुसार सभापतिबाट को–को मनोनित भएर आउलान् भन्ने छ । यसैगरि सभापति शेरबहादुर देउवाले प्रवक्ता र कोषाध्यक्षको जिम्मेवारी क–सलाई देलान् भन्ने पनि छ ।

देउवाले महाविधेशनमा कुनै पनि पदमा नउठेका नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला र उठेर हारेका प्रकाशमान सिंह र विमलेन्द्र निधिलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निश्चित छ ।

शनिबार बस्ने केन्द्रीय समिति बैठकमा देउवाले मनोनित हुने नेताहरुको नाम पेश गर्नेछन् । उनले त्यसको लागि आन्तरिक छलफल पनि अगाडि बढाइरहेका छन् ।

देउवाले महाविधेशनमा कुनै पनि पदमा नउठेका नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला र उठेर हारेका प्रकाशमान सिंह र विमलेन्द्र निधिलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निश्चित छ । यसैगरि देउवाले प्रवक्ता र कोषाध्यक्षको पनि टुंगो लगाउँदैछन् ।

सभापति देउवाले कोषाध्यक्षमा आफ्नो विश्वासपात्र तथा सञ्चार तथा सूचनामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई ल्याउन लागेको चर्चा कांग्रेसभित्र छ । यद्यपि मधेशी कोटाबाट केन्द्रीय सदस्यमा चयन भएका उद्योगी विनोद चौधरीले पनि कोषाध्यक्षको लागि लविङ गरिरहेका छन् ।

सभापति देउवाले प्रवक्तामा रमेश लेखक र एनपी साउदमध्ये एक जनालाई ल्याउन चाहेको चर्चा कांग्रेसभित्र छ । चर्चामा रहेका दुवै नेता देउवानिकट मानिन्छन् । दुवै नेताले सभापति देउवासँगको छलफलमै पदाधिकारीमा उम्मेदवारी दिएका थिएनन् । केन्द्रीय समितिमा चित्त बुझाएका साउदको उपस्थिति निकै बलियो देखिन्थ्यो ।

त्यस्तै, सभापति देउवाले कोषाध्यक्षमा आफ्नो विश्वासपात्र तथा सञ्चार तथा सूचनामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई ल्याउन लागेको चर्चा कांग्रेसभित्र छ । यद्यपि मधेशी कोटाबाट केन्द्रीय सदस्यमा चयन भएका उद्योगी विनोद चौधरीले पनि कोषाध्यक्षको लागि लविङ गरिरहेका छन् । यता देउवाको सहयोगी जस्ता देखिएका राज्यमन्त्री उमेश श्रेष्ठ पनि कोषाध्यक्षको लबिङमा छन् ।

वि.सं.२०७८ पुस ९ शुक्रवार १४:४५ मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...