back
CTIZAN AD

प्राथमिक स्वास्थ्य केन्द्रलाई उपकरण वितरण

वि.सं.२०७८ पुस ९ शुक्रवार

672 

shares

मङ्गलबारे । इलामको माइजोगमाई गाउँपालिका–६ स्थित प्याङ प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य उपकरण वितरण गरिएको छ । नेपाली कांग्रेस माइजोगमाई–६ ले प्याङ प्राथमिक स्वास्थ्य केन्द्रलाई उपकरण उपलब्ध गराएको हो ।

अक्सिजन कनसनट्रेटर दुई थान र पल्स अक्सिमिटर ६ थान वितरण गरिएको हो । उपकरण हस्तान्तरण गर्दै नेपाली कांग्रेसका नेता हुकुमलाल थेबेले आगामी दिनमा समेत सहयोग गर्दै जाने र सम्बन्धित निकायमा पहल गर्ने प्रतिबद्धता जनाए । उनले अक्सिजन अभावका कारण अकालमा मृत्यु भइरहेका कारण स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पहल गरी उपकरण ल्याएर वितरण गरिएको बताए ।

वडा नम्बर ६ का सचिव ध्रुव थेबेले प्राथमिक स्वास्थ्य केन्द्र ६ महिनादेखि चिकित्सकविहीन भएको र सेवाग्राहीले सास्ती भोग्नुपरेकाले त्यसका लागि पहल गरिरहेको बताए । प्राथमिक स्वास्थ केन्द्रमा दरबन्दीअनुसारको जनशक्ति नहुँदा सामान्य बिरामी पनि महँगो शुल्क तिरेर अन्यत्र उपचार गर्न जानुपर्ने बाध्यता छ ।

 

वि.सं.२०७८ पुस ९ शुक्रवार १४:५८ मा प्रकाशित

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

काठमाडौँ । स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा १०...