back
CTIZAN AD

वाग्मतीमा चौथो पटक मन्त्रिपरिषद् विस्तारको तयारी, यी हुन् मन्त्री हुनेको नाम

वि.सं.२०७८ पुस ९ शुक्रवार

675 

shares

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले चौथो पटक मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । ८ वटा मन्त्रालय विभाजन गरेर १४ वटा पुर्‍याएका मुख्यमन्त्री पाण्डेले सत्तागठबन्धनमा रहेको कांग्रेसले प्राप्त गरेको मन्त्रालयमा मन्त्री नियुक्त गर्न लागेका हुन् ।

पाण्डेले यसअघि नै गठबन्धनमा रहेको माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)ले पाएको कोटाबाट मन्त्री नियुक्त गरिसकेका थिए । बताइएअनुसार कांग्रेसबाट तीन जना मन्त्री र दुईजना राज्यमन्त्रीको शपथ ग्रहण गराउने तयारी भइरहेको छ ।

यी हुन् मन्त्रीको सूचीमा परेका नाम

कांग्रेसले आफ्नो कोटामा परेको मन्त्रीको नाम करिब–करिब टुंगो लगाईसकेको छ । कांग्रेसको सूचीमा राधा घले, बलराम सुवेदी, दीपेन्द्र श्रेष्ठ, सन्त चेपाङ र रजनी जोन्छेको नाम परेको छ । जसमध्ये चेपाङ र जोन्छेलाई राज्यमन्त्री बनाउने तयारी रहेको बुझिएको छ ।

कांग्रेसले आफ्नो भागमा परेको उद्योग वाणिज्य तथा आपूर्ति, संस्कृति तथा पर्यटन र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाउने पक्का छ । यसअघि कांग्रेसबाट भौतिक पूर्वाधार र स्वास्थ्य मन्त्री नियुक्त भइसकेको छन् ।

वि.सं.२०७८ पुस ९ शुक्रवार १५:१३ मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...