back
CTIZAN AD

नेपालले पायो २९८ रनको विशाल लक्ष्य, प्रान्तिक नवरोज नबिलले जडे सतक

वि.सं.२०७८ पुस ९ शुक्रवार

774 

shares

९ पुष, काठमाडौँ । युएईमा पारी प्रतियोगिता एसीसी यू-१९ एसिया कप अन्तर्गत नेपालले बंगलादेश विरुद्धको आफ्नो पहिलो खेलमा २९८ रनको विशाल लक्ष्य पाएको छ ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको बंगलादेशले ५० ओभरमा ४ विकेट गुमाएर २९७ रन बनाएको छ । बंगलादेशका लागि प्रान्तिक नवरोज नबिलले सतक प्रहार गरेको छन । उनले ९८ बलमा आफ्नो सतक पुरा गरेका थिए भने ११२ बलमा १२७ रन बनाएर नटआउट रहेका थिए ।

त्यसैगरी बंगलादेशका अर्का खेलाडी एमडी फहिमले ५८ रनको अर्धसतकीय पारी खेलेका थिए । नेपालका लागि बलिङ्ग तर्फ भने तिलक भण्डारी, गुलसन झा र मोहम्मद आदिल आलमले समान १ १ विकेट आत पारेका थिए ।

एसीसी यू-१९ एसिया कपको आफ्नो पहिलो खेलमा जित हासिल गर्नको लागि नेपालले ५० ओभरमा २९८ रन बनाउन पर्ने छ ।

वि.सं.२०७८ पुस ९ शुक्रवार १५:०८ मा प्रकाशित