काठमाडौं । नेपाल प्रहरीका नेपाल प्रहरीका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) सुशील यादव क्वार्टरमै मृत फेला परेका छन् ।
संघीय इकाइ कार्यालय भैरहवामा कार्यरत एसएसपी यादव शुक्रवार आफ्नै कोठामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
दिउँसो १२ बजे कोठामै मृत भेटिएका उनका बारेमा अनुसन्धान भइरहेको र परिवार आएपछि मात्रै कोठा खोलेर हेरेपछि विस्तृत आउने प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
उक्त घटनाको छानविनका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट डिएसपी नवरत्न पौडेलको टोली अनुसन्धानमा खटिएको बताइएको छ ।
वि.सं.२०७८ पुस ९ शुक्रवार १५:०१ मा प्रकाशित






























