back
CTIZAN AD

राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्दै कांग्रेस

वि.सं.२०७८ पुस १० शनिवार

561 

shares

काठमाडौँ । नेपाली कांग्रेसले निर्वाचन आयोगमा पार्टीको दर्ता अद्यावधिक र राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि आज नै दल दर्ता गर्ने जनाएको छ ।

पार्टीको १४औँ महाधिवेशनपछि आज बसेको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमितिको बैठकले राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि आजै निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको थियो । आयोगले केही दिनअघि पुस १० गते अन्तिम समय तोकी दल दर्ताको सूचना प्रकाशन गरेको थियो ।

यसैगरी बैठकले संविधान र राजनीतिक दलसम्बन्धी ऐनअनुसार आयोगमा दर्ता अद्यावधिक गर्ने निर्णयसमेत गरेको छ ।

यसबाहेक बैठकले महाधिवेशनमा प्रकट भएको उत्साह, एकता र रुपान्तरणको भावना आत्मसात् गर्दै पार्टीमा सुदृढ एकता कायम गरेर अगाडि बढ्ने निर्णय गरेको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए । यसैगरी बैठकले महाधिवेशन सम्पन्न गराउन भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद दिने निर्णयसमेत गरेको उनले बताए ।

 

वि.सं.२०७८ पुस १० शनिवार १७:५३ मा प्रकाशित

तरकारीले पाएन मूल्य

तरकारीले पाएन मूल्य

चितवन । जिल्लामा व्यावसायिक रुपमा उत्पादित तरकारीले उचित मूल्य नपाउँदा...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...

 सात वर्षीय बालकले राखे कीर्तिमान

 सात वर्षीय बालकले राखे कीर्तिमान

पोखरा । ‘हिमालले उमेर सोध्दैन, केवल साहस र दृढ इच्छाशक्ति...

पानी छ, किसानको चैतेधान खेतीतर्फ छैन आकर्षण

पानी छ, किसानको चैतेधान खेतीतर्फ छैन आकर्षण

राँझा (बाँके) । सिक्टा सिँचाइ आयोजनाले सिँचाइका लागि नहरमा पर्याप्त...

बँदेलको आक्रमणबाट मृत्यु

बँदेलको आक्रमणबाट मृत्यु

बरहथवा (सर्लाही) । जङ्गली बँदेलको आक्रमणबाट सर्लाहीको लालबन्दीमा एक पुरुषको...