काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ६ हजार ४४७ नमुना परीक्षणमा थप १६७ जनामा संक्रमण पुष्टि भएको हो ।
आज थपिएका १६७ जनासँगै नेपालमा पिसीआर र ऐन्टिजेन बिधिबाट गरिएको परीक्षणमा हालसम्म संक्रमित हुनेको संख्या ९ लाख २३ हजार १५१ पुगेको छ ।
त्यसैगरी आज निको भएका २२६ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ८ लाख १० हजार ४९७ पुगेको छ ।
त्यस्तै आज थप १ जना कोरोना संक्रमितको मृत्यु भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५८३ पुगेको छ ।
त्यसैगरी हाल नेपालमा ४,९७८ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ४,७४४ जना होम आइसोलेशनमा रहेका छन् भने २३४ जना संस्थागत आइसोलेशनमा रहेका छन् । साथै हाल आइसीयुमा ८१ र भेन्टिलेटरमा २२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
नेपालमा हालसम्म २ करोड ३० लाख ९५ हजार ६४७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । ती मध्ये पहिलो मात्रा खोप लगाउनेको संख्या १ करोड ३१ लाख ३१ हजार १७९ पुगेको छ भने ९९ लाख ८५ हजार ५६८ जनाले दोस्रोमात्राको खोप लगाइसकेको पनि स्वास्थ्य मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।
वि.सं.२०७८ पुस १० शनिवार १७:२७ मा प्रकाशित






























