काठमाडौं । पुष्पलाल अध्ययन समाजको आयोजनामा माओको १२९ औं जन्मजयन्ती मनाइएको छ ।
बामपन्थी नेता नारायण शर्माको प्रमुख आतिथ्यतामा अध्ययन समाजको कार्यालयमा सम्पन्न उक्त कार्यक्रममा अध्ययन समाजका महासचिव सुरेश कार्की, उपमहासचिव मुकुन्द आचार्य, सदस्य चन्दा थापा, नारायण अर्याल लगायतको उपस्थितिमा माओको १२९ औं जयन्ती मनाइएको हो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि शर्माले माओ चिनिया कम्युनिष्ट पार्टीका नेता मात्र नभएर विश्व कम्युनिष्ट आन्दोलनमा माओको ठूलो योगदान रहेको बताएका थिए ।

त्यस्तै अध्ययन समाजका महासचिव सुरेश कार्कीले माओ चिनिया मजदुर किसान वर्गका नेता मात्र नभएर विश्वभरका मजदुर किसान वर्गका नेता रहेको बताए ।
त्यसैगरी समाजका उपमहासचिव मुकुन्द आचार्यले नेपालका कम्युनिष्टहरुले माओको विचारलाई आत्मसाथ गर्न नसक्दा विचलनको बाटोतिर लागेको बताएका थिए । उक्त कार्यक्रमको संचालन चन्दा थापाले गरेकी थिइन् ।
वि.सं.२०७८ पुस ११ आइतवार १६:४६ मा प्रकाशित





























