काठमाडौं । नेकपा (माओवादी केन्द्र)को उद्घाटन सत्रमा नेकपा (क्रान्तिकारी माओवादी)का नेता सिपी गजुरेलले सम्बोधन गर्दा हलमा हुटिङ्ग र तालि बजेको छ । गजुरेलले माओवादीहरुबीचको एकताको कुुरा गर्दा हलमा हुटिङ्ग र ताली बजेको हो ।
उनले तत्कालिन माओवादी आन्दोलनले उठाएको एजेण्डालाई माओवादी केन्द्रले अगाडि बढाउन सके सबै माओवादीहरु एक ठाउँमा उभिन सक्ने बताएका थिए । सम्बोधनका क्रममा उनलाई आफ्नै पार्टीको कार्यक्रममा सम्बोधन गरिरहेको आभास भएको बताएका थिए ।
नेता गजुरेलले माओवादी केन्द्रको महाधिवेशनले माओवादीहरुबीच एकताको वातावरण तयार पार्ने अपेक्षा राखेका थिए । उनले एमसीसीजस्ता सम्झौताको विरोध हुनुपर्ने बताएका थिए ।
सम्बन्धित समाचार
वि.सं.२०७८ पुस ११ आइतवार १६:५५ मा प्रकाशित






























